back

पुरानै जिम्मेवारीसहित चार मन्त्रीले लिए शपथ

वि.सं.२०७७ चैत २७ शुक्रवार

315 

shares
GLOBAL IME AD
NTC AD

२७ चैत्र, काठमाडौँ । सांसद पद खारेज भएर पुनर्नियुक्ति पाएका चार मन्त्रीले शपथ लिएका छन् ।

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका चार मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सांसद पद खारेज भएको दोस्रो दिन पुनर्नियुक्ति पाएका नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिएका हुन् ।

उनीहरु यसअघि तिनै मन्त्रालयको जिम्मेवारीमा थिए । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।

उनहरु चार जना नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकोमा पार्टी एकता र त्यसपछि कायम नेकपा (एमाले) को केन्द्रीय सदस्यमा आवद्ध भएकाले माओवादी केन्द्रको सूचनाका आधारमा बिहीबार प्रतिनिधिसभा सदस्य रिक्त भएको घोषणा गरिएको थियो । सांसद नरहेपछि मन्त्रीमा कायम रहन नमिल्ने भएकाले उनीहरुलाई पुनः नियुक्त गरिएको हो । सांसद नभए पनि छ महिनासम्म मन्त्रीमा नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ ।

वि.सं.२०७७ चैत २७ शुक्रवार २०:४३ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...