back
CTIZAN AD

पवर्तमा भिषण आगलागी, करोडौँको क्षति

वि.सं.२०७७ चैत २७ शुक्रवार

1.2K 

shares

२७ चैत्र, पर्वत । पर्वत जिल्लाको पैयूँ गाउँपालिका ६ डाँडाकाहुँमा भिषण आगलागी भएको छ ।

स्थानीय खरभिरबाट सल्केको आगोले ६ वटा घर पूर्णरुपमा र ६ वटा घरमा आशिंक रुपमा तथा १५ वटा गोठमा गरी करोडौँको क्षति भएको जनाइएको छ ।

६ नं वडाका सचिव पाराश्वर सापकोटाका अनुसार आगो नियन्त्रण गर्न स्याङ्जाबाट एक टोली र पर्वततर्फबाट १ टोली घटनास्थलमा आइपुगेका थिए ।

उनका अनुसार आगोको मुख्य मुस्लो नियन्त्रणमा आएपनि आगौ पूर्णरुपमा नियन्त्रण भैसकेको छैन । सो आगलागीबाट जयकला सापकोटा, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, शेरप्रसाद गौतम र रेशमलाल गौतमको घर पूर्ण क्षति भएको छ भने खड्गप्रसाद गौतम, एक नारायण गौतम, उमेश गौतम, छविलाल गौतम, चोलाकान्त लगायतको घरमा आंशिक क्षति भएको हो । चौपाय तथा अन्य क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

नेकपा (माओवादी केन्द्र)का नेता रेशम सापकोटाका अनुसार आगलागी पीडित नागरिकलाई स्थानीय स्तरबाट हुने सहयोगका लागि प्रयास भैरहेको छ ।

तस्विर : विनय राना, बिमल सापकोटा, कमल बस्यालको फेसबुकबाट

वि.सं.२०७७ चैत २७ शुक्रवार २०:५३ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...