
२७ चैत्र, पर्वत । पर्वत जिल्लाको पैयूँ गाउँपालिका ६ डाँडाकाहुँमा भिषण आगलागी भएको छ ।
स्थानीय खरभिरबाट सल्केको आगोले ६ वटा घर पूर्णरुपमा र ६ वटा घरमा आशिंक रुपमा तथा १५ वटा गोठमा गरी करोडौँको क्षति भएको जनाइएको छ ।
६ नं वडाका सचिव पाराश्वर सापकोटाका अनुसार आगो नियन्त्रण गर्न स्याङ्जाबाट एक टोली र पर्वततर्फबाट १ टोली घटनास्थलमा आइपुगेका थिए ।
उनका अनुसार आगोको मुख्य मुस्लो नियन्त्रणमा आएपनि आगौ पूर्णरुपमा नियन्त्रण भैसकेको छैन । सो आगलागीबाट जयकला सापकोटा, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, शेरप्रसाद गौतम र रेशमलाल गौतमको घर पूर्ण क्षति भएको छ भने खड्गप्रसाद गौतम, एक नारायण गौतम, उमेश गौतम, छविलाल गौतम, चोलाकान्त लगायतको घरमा आंशिक क्षति भएको हो । चौपाय तथा अन्य क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
नेकपा (माओवादी केन्द्र)का नेता रेशम सापकोटाका अनुसार आगलागी पीडित नागरिकलाई स्थानीय स्तरबाट हुने सहयोगका लागि प्रयास भैरहेको छ ।
तस्विर : विनय राना, बिमल सापकोटा, कमल बस्यालको फेसबुकबाट