back
CTIZAN AD

जापानब्यापी खुल्ला कविता प्रतियोगितामा बिमन किराती प्रथम

वि.सं.२०७७ चैत २७ शुक्रवार

750 

shares

एनआरएन जापान कान्साई क्षेत्रीय समितीले आयोजना गरेको जापानब्यापी खुल्ला कविता प्रतियोगितामा गुन्मा केन निवासी बिमन किराती प्रथम भएका छन् ।
जापानमा बसोवास गर्ने साहित्यिक व्यक्तित्वहरुको प्रतिभा उजागर तथा हौसला प्रदान गर्ने उद्देश्यले एनआरएन कान्साईले झण्डै ४५ दिन अगाडि बाट प्रचार प्रसार लाइ तिव्रता दिदै जापान बासि नेपाली कवि हरुलाइ सक्दो समेटने प्रयास गरेको थियो ।

कबिता पठाउने अन्तिम मिति मार्च २८ तोकिए अनुरूप रातको १२ बजे सम्म जापान भर बाट प्राप्त ४९ वटा कवितामा नेपालमा रहेका साहित्यिक व्यक्तित्व निर्णायक हरुलाइ पठाइएको थियो । यसरि कविता पठाउदा निष्पक्षता लाइ उच्चतम प्राथमिकतामा राख्दै प्राप्त कविताहरुको शिर्षक र कविता मात्र निर्णायक हरुलाइ पठाइएको थियो ।

यसरी पठाइएको कविताहरु तिन समितिय निर्णायक समिति,  भूपिन खड्का, संयोजक, सुरेन्द्र अस्तफल– सदस्य, टिका आत्रेय – सदस्य भएर उत्कृष्ट १० र क्रमशः प्रथम,द्वितिय र तृतीय छनोट गरि आयोजकलाइ पठाएका थिए ।

प्रतियोगितालाइ थप रोमाञ्चक र जनमुखी बनाउने अभिप्रायले उत्कृष्ट १० लाइ अप्रिल ८ तारिक बिहिवार जापानी समय १९ः०० र नेपाली समय १५ः४५ मा लाइभ बाचन गराएको थियो ।

कविता प्रतियोगितामा गुन्मा केन निवासी बिमन किरातीले रचना गरेको ‘देशको रङ्ग’ शीर्षकको कबिता प्रथम भएको छ भने द्धितिय कुमामोतो निवासी मन्जुल बराइलीको ‘बेपत्ता पसिनाहरु’ र टोकियो निवासी सयपत्री थुलुङको ‘उधारो सपना’ शीर्षकको कबिता तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई क्रमश ५०,००० यन ३०,००० यन र २०,००० यन को साथमा प्रमाणपत्र प्रदान गरिएको छ भने उत्कृष्ट १० भित्र पर्ने सबैलाइ आयोजकले प्रमाणपत्र प्रदान गर्ने भएको छ ।

एनआरएनए कान्साईले आफ्नो स्थापना कालदेखी हालसम्म भए गरेका गतिविधिको साथमा जापानवासी नेपाली हरुको उपयोगि जानकारि तथा बिबिध बिषयलाइ समेट्दै स्मारिका निकाल्न लागेको र उक्त स्मारिकामा प्रथम,द्वितिय र तृतिय को कविता समेटिने साथै सम्भव भएको खण्डमा उत्कृष्ट १० पनि समाबेश गरिने कविता प्रतियोगिताका संयोजक तथा स्मारिका प्रकाशन समिति प्रमुख समेत रहेका नरेन्द्र बस्नेत(दिनेशले)जानकारी दिए ।

No description available.

पहिलोपटक गरिएको जापानब्यापी खुल्ला कविता प्रतियोगितालाइ शुरुवाती चरण देखीनै साथ सल्लाह र सहयोग गर्ने अनेसास केन्द्रिय अध्यक्ष प्रकाश पौडेल(माइला) अनेसास जापान महासचिव तथा कार्यक्रमका सहजकर्ता रविन शर्मा अनेसास जापान, निर्णायकहरु हरु, मिडियाकमी, सहभागी कविहरु लगायत सबैको सहयोगले सफलतापुर्वक कार्यक्रम सम्पन्न गर्न सकेकोमा सबैलाइ धन्यबाद व्यक्त गर्दै सहभागि जनाउने सम्पुर्ण कविहरुको कवितालाइ पनि एनआरएन कान्साईले कुनै न कुनै माध्यमले सम्बोधन गर्ने एनआरएन कान्साईका संयोजक कृष्ण शर्मा गैरेले बताए ।

साहित्यीक क्षेत्रको यति ठुलो कार्यक्रम एनआरएन जापान कान्साई क्षेत्रीय समितीको पहिलो आयोजना भएपनि अनेसास केन्द्रिय समिती,अनेसास जापान सम्मानित निर्णायकहरु, उत्साहप्रद सहभागिता जनाउने सहभागि प्रतिभाहरु र सम्पुर्णको सहयोगले केही हदसम्म सफल भएको हामीले महशुस गरेको आयोजकले बताएका छन् ।

यद्दपी शुरुवाती चरण देखी अन्त्यसम्म केही कमि कमजोरी भएका भए आगामी दिनमा सुधारेर अगाडि बढन सल्लाह सुझावको आशा रहेको प्रतियोगिताको परिकल्पनाकार समेत रहेका संस्थाका उपसंयोजक दिलिप शर्माले बताए ।

 

 

वि.सं.२०७७ चैत २७ शुक्रवार १६:५६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...