back
CTIZAN AD

प्रवासी नेपाली संघ भारतले नेपालीहरुका समस्याबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

वि.सं.२०७७ चैत २८ शनिवार

726 

shares

२८ चैत्र, काठमाडौँ । प्रवासी नेपाली संघ भारतको उच्च स्तरीय केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेट गरी भारतमा रहेका प्रवासी नेपालीहरुका समस्याहरुबारे ज्ञापनपत्र बुझाएको छ ।

प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संघका प्रमुख सल्लाहकार हरि प्रसाद घिमिरे, संघका केन्द्रीय उपाध्यक्ष सीता अधिकारी, संघका केन्द्रिय सचिव रामायण धमला र नेकपा एमालेका केन्द्रीय सदस्य तथा दक्षिण एशिया इन्चार्ज तिल बिस्वकर्मा रहेको ५ सदस्यीय प्रतिनिधि मण्डलले चैत्र २४ गते प्रधानमन्त्री निबास बालुवाटरमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

उक्त ज्ञापनपत्रमा नेपाल–भारत बिचका सीमा नाकाहरुबाट नेपाली महिलाहरु तथा बालबालिकाहरु भारत लगायत तेस्रो मुलुक पु¥याउँदै गरिने बेचबिखन, हत्या, हिंसा बलात्कार जस्ता निन्दनीय र गैरमानबिय कार्य, सीमा नाकाहरुमा आवत जावत गर्दा दुबै देशका पुलिस प्रशासनदेखी देखी असमाजिक तत्वहरुद्वारा गरिने प्रवासी नेपालीहरुमाथीको ठगी, लूटपाट र अभद्र ब्यबहारहरुलाई रोक्न सरकारको ध्यानाकर्षण बनाउँदै आबश्यक कदम चाल्न माग गरिएको छ ।

त्यसैगरी प्रवासी नेपालीहरूले कार्यरत देशबाटै मातृभूमीमा हुने निर्वाचनमा मतदान गर्न पाउने अधिकारलाई कार्यन्वयन गर्न, प्रवासी नेपालीहरुले आर्जेको पूँजी, प्रविधि, सिप र ज्ञानलाई प्राथमिकता र सुबिधा सहित राष्ट्र निर्माण र बिकासमा जोडन, राज्यद्वारा प्रवासी नेपालीहरुलाई राष्ट्रसेवामा प्रत्यक्ष सहभागिता बनाउन अवसर प्रदान गरियोस भन्ने माग प्रस्तुत गरिएको छ ।

नेपाल सरकारले आफ्नो नक्सामा प्रकाशित गरेको भारतद्वारा अतिक्रमित गरिएको कालापानी, लिपुलेख र लिम्पियाधुराको नेपाली भूमिलाई दुई देशबीच कुटनैनिक तहको वार्ता गर्दै उक्त भूमि फिर्ता गरियोस भन्ने मागपनि राखिएको छ ।

उक्त प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, उर्जामन्त्रि टोप बहादुर रायमाझीलाई पनि भेटगरी प्रवासी नेपालीहरुका समस्यामा आधारित मागपत्र पेसगरि समसामयिक राजनैतिक एवं सांगठानिक बिषयमा छलफल गरेको छ ।

मुलुकको परिवर्तनमा प्रवासी नेपालीहरुको योगदानलाई उचित मुल्यांकन गर्दै प्रवासी नेपालिहरुका समस्याहरुलाई समाधानार्थ लगायत प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराइएका बिषयप्रति नेपाल सरकारले उचित कदम चाल्ने आश्वासन पाएकोले भेटवार्ता सन्तोषजनक रहेको र आफूहरुको मागलाई सरकारले सम्बोधन गर्ने कुरामा आफूहरु विश्वस्त गरेको संघद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७७ चैत २८ शनिवार २२:१७ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...