back
CTIZAN AD

गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको निधन

वि.सं.२०७७ चैत ३० सोमवार

699 

shares

३० चैत, काठमाडौं । गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको निधन भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज निधन हुनेमा तनहुँको शुक्ला गण्डकी नगरपालिकाका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको हो ।

चैत २३ गते कोरोना संक्रमण भइ चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका गराइरहेका उनको चैत २९ गते उपचारका क्रममा निधन भएको हो ।

त्यसैगरी पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । चैत २० गते कोरोना संक्रमण भइ चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका उनको सोमबार निधन भएको प्रदेश निर्देशनालयले जनाएको छ ।

आज थपिएका २ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।  प्रदेशमा हालसम्म १६ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वि.सं.२०७७ चैत ३० सोमवार १७:३३ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...