३० चैत्र । गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा क्यानडाका लेखक सुरेन उप्रेतीको दशौ कृति डायस्पोरिक कथा सङ्ग्रह ‘प्रेयसी रोबट’को लोकार्पण गरिएको छ ।
भर्चुअल रुपमा आइतबार सम्पन्न साप्ताहिक कार्यक्रमका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट उक्त कृतिको विमोचन गरिएको हो ।
कृतिकार उप्रेतीलाई बधाई दिदै कुलपति उप्रेतीले प्रवासी नेपालीहरु सङ्गै नेपाली भाषा र साहित्य बिश्वभर फैलिदै गएकोमा खुशी व्यक्त गरे । उनले सो अवसरमा प्रज्ञा प्रतिस्ठानले समेत डायस्पोरा डेस्क स्थापना गरि प्रत्येक दुई दुई बर्षमा प्रवासका साहित्यकार र अनुबाद साहित्यमाथी पुरस्कार दिन शुरु गरेको जानकारी समेत गराएका थिए ।
गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष साहित्यकार जीवा लामिछानेले प्रवासका लेखकहरुले नेपाली भाषा र साहित्यलाई फराकिलो पार्दै लगिरहेको बताउदै यसलाई अझै प्रोत्साहन दिनुपर्ने आबश्यकता रहेकोमा जोड दिए ।
समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा काव्यविभाग प्रमुख प्राध्यापक डाक्टर हेमनाथ पौडेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसासका पूर्व अध्यक्षहरु प्राध्यापक मोहन सिटौला, बसन्त श्रेष्ठ र पदम बिश्वकर्मा, साहित्यकारहरु गोवर्धन पूजा अमेरिका, भानुभक्त आचार्य क्यानडा, समालोचक डाक्टर नेत्र एटम, कमल कोइराला क्यानडा, राजेन्द्र अर्याल, कथाकार सीता अर्याल अमेरिका, साहित्यसागरका प्रधान सम्पादक मणी नेपाली पनेरू अमेरिका, सम्पादक तथा साहित्यकार रमेश सुभेच्छुक, इश्वरी भट्ट अमेरिका, गैरआवासीय नेपाली संघ संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतम रसिया, तारा उप्रेती क्यानडा, सन्तोष बराल क्यानडा, डाक्टर कृष्णहरि गौतम क्यानडा, डाक्टर भरत श्रेष्ठ क्यानडा, भोला बराल, नविन सुवेदी, दिपक श्रेष्ठ, शालिग्राम अर्याल ,युवराज भण्डारी क्यानडा, प्रेम बराल जापान र शिवहरि पोख्रेल नेपालबाट सहभागी थिए। त्यस्तै डाक्टर लेखनाथ काफ्ले ताइवान, विष्णु बस्याल क्यानडा , कवि कविन्द्र सिटौला अमेरिका , मकालु प्रकाशन गृह नेपालका राजेन्द्र ढकाल समेत कार्यक्रममा सहभागी भएका थिए ।
प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट पुस्तकको लोकार्पण गरिएको कार्यक्रममा पुस्तकमाथि समालोचकद्धय डाक्टर नेत्र एटम र कमल कोइरालाले, कथा सङ्ग्रहमा रहेका कथाहरूका बिभिन्न पक्षका बारेमा चर्चा गरेका थिए ।
गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समितिका सहसंयोजक साहित्यकार महेश्वर पन्त अमेरिका र सदस्य सचिब भगवती बस्नेतले संचालन गरेका थिए ।
वि.सं.२०७७ चैत ३० सोमवार १७:४९ मा प्रकाशित






























