back
CTIZAN AD

आमाको टिकटक

वि.सं.२०७७ चैत ३० सोमवार

930 

shares

गयौ बाबु वरमाला भिरेर
दूधको भारा सारीले तिरेर।

छोराले जापानबाट मोबाइल पठाइदिएको छ
छोरीले अष्ट्रेलियाबाट टिभी पठाइदिएकी छन्
गाउको घर छोडेको पनि दस वर्ष भयो
सहरको घर पुरै रित्तो छ
अचेल त भाडामा बस्नेहरु कमै भेटिन्छन्
छन त घरमा दुई जना छन्
र पनि
एक्लै छन् आमा
एक्लै छन् बा
एक्ला एक्लै रमाउने बानी परेको छ बा आमालाई
आमा टिकटकमा ब्यस्त छन्
बा फेसबुकमा मस्त छन्
अचेल बाले
बेलुका आठ बजेको समाचार हेर्दैनन्
रेडियो सुन्न छोडेको वर्षौ भयो
युटुभ हेरेर दिन काट्ने गर्छन्
भिडियो कल मै छोरालाई सोध्छन्
भाग्य न्यौपानेको घर कता हो बाबु
नातिनीले पठाएका टिकटक हेरेर
कृष्ण कडेलले चलाउने इन्द्रेणी हेरेर
दिन काट्दै छिन् आमा
अचेल कमला घिमिरेको दोहोरी सुनेरै आमाको दिन बितेको छ
नातीले टिकटक खुलाइदिएको छ
दंग परेकी छन्
अचेल मोबाइलमै आफै टिकटक बनाउन थालेकि छन्
थरीथरीका गीतमा टिकटक बनाएकी छन्
नातिलाई पठाएकी छन्
नातिनीलाइ पठाएकी छन्
बैसका साथीहरू सम्झदै दिन काटेकी छन्
आज फेरि अर्को गीतमा टिकटक बनाइन् आमाले
टिकटक बनाइसके पछि
बिगत सम्झेर तप्प आँसु झर्यो
बुढाले देख्छन् की भनेर
हतपत आँसु पुछिन्
आफै बनाएको टिकटक
फेरि एक चोटि हेरिन्
फेरी आँसु झर्यो
घरीघरी झर्ने आँसुलाई
कसरी रोक्न सक्थ्यो र आँखाको डिलले
आँसु बगिरह्यो
आमाले गीत गाइरहिन्
गयौ बाबु वरमाला भिरेर
दूधको भारा सारीले तिरेर।

वि.सं.२०७७ चैत ३० सोमवार १७:२६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...