back

आत्मालोचना गर्दै गुट बनाउन हैन काम गर्न आउनुहोस् : प्रधानमन्त्री ओली

वि.सं.२०७७ चैत ३० सोमवार

324 

shares
GLOBAL IME AD
NTC AD

३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना सहित पार्टीमा काम गर्नका लागि आउन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । उनले काम गर्न पार्टीमा स्थान भएपनि गुट बनाएर पार्टीलाई ध्वस्त बनाउन खोजे ठीक पार्ने चेतावनी दिए ।

उनले अझैपनि पार्टीबाट निष्कासन गरि नसकेकाले काम गर्नेको लागि पार्टीमा स्थान रहेको बताए ।  नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।’ तर पार्टीमा फर्कनुअगि नेपालले आत्माआलोचना गर्नपर्ने उनको भनाई थियो, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’

उनले केही समुह पार्टीको हित विपरीत काम गर्दै हिडेकोले आफुले त्यस्ता कार्यको लेखाजोखा गरि रहेको पनि बताए । उनले एमालेमा गुटबन्दी स्वाबिकार नहुने काम गर्नेका लागिमात्र स्थान रहने भन्दै पार्टी हित बिपरीत काम गर्नेलाई ठिक पार्ने बताए ।

वि.सं.२०७७ चैत ३० सोमवार १७:२३ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...