back
CTIZAN AD

पब्जी खेल्ने विद्यार्थी शैक्षिक सामग्री खोज्न थाले

वि.सं.२०७७ चैत ३१ मंगलवार

522 

shares

३१ चैत, बलेवा । “कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्”, रेश नुन्थला मावि काठेखोला गाउँपालिका–७ रेशका प्रधानाध्यापक ओमबहादुर थापा भन्छन्, “कक्षा कोठामा पुगेर अध्यापनमा सहभागी कमै शिक्षकले पूर्वतयारी गर्छन् ।”

कोरोना महामारीपछि शिक्षण सिकाइका विधि र शिक्षकको तयारीमा परिवर्तन आएको छ । अघिल्लो वर्ष चैतमा कोरोना रोक्न भएको बन्दाबन्दीको समयमा विद्यालयहरूले चलाएको अनलाइन कक्षाका कारण विद्यार्थी र शिक्षक दुवैको पढाउने र पढ्ने शैली फेरिएको थापा बताउँछन् । “अनलाइन कक्षाले शिक्षकहरूलाई पूर्वतयारी गर्न बाध्य बनायो, मोबाइल फोन हात पर्दा पब्जी र फ्रिफायर खेलमा झुम्मिने विद्यार्थी अहिले युट्युबमा पढ्ने सामग्री खोज्न थालेका छन्”, प्रअ थापाले भने, “शिक्षकहरू जिम्मेवार र विद्यार्थी केन्द्रित हुने वातावरण बन्यो ।”

कोरोना समयमा प्रयोग भएको विधिलाई अहिले पनि विद्यालयले पछ्याइरहेको छ । रेश नुन्थला माविका सबै शिक्षक अहिले इन्टरनेटको प्रयोग गरेर आफू अद्यावधि रहने र विद्यार्थीलाई समेत सिकाउने गरेको थापाले बताए। विद्यालयमा इन्टरनेटको पहुँच र विद्यार्थीसँग समेत इन्टरनेटको पहुँच हुँदा पठनपाठन प्रक्रिया सहज हुने गरेको अनुभव शिक्षण विष्णु गौतमसँग पनि छ । गौतम अहिले विद्यालयमा सबैभन्दा धेरै इन्टरनेटको प्रयोग गर्न सिपालु शिक्षकमा गनिन्छन् ।

विद्यालयमा ४५२ विद्यार्थी छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिसँग जोडिन आग्रह गर्दा ७० प्रतिशत विद्यार्थीले सिकाइमा सहभागी भइरहेको अनुमान विद्यालयको छ । “अनलाइन कक्षा भनेको कक्षाकोठाजस्तो रहेन, त्रुटि हुँदाको घडीमा रेकर्ड रहने भएकाले शिक्षक जिम्मेवार बन्नैप¥यो”, थापा भन्छन्, “पाठ्यक्रममा तलमाथि पर्दा विद्यार्थी, शिक्षक र विद्यालय प्रशासन सबैलाई तत्कालै जानकारी हुन्छ ।”

विद्यार्थीले अनलाइनमार्फत शिक्षकले सिकाइका विषयवस्तु रेकर्ड गरेर राख्न सक्ने र दोहो¥याएर पढ्न सक्ने भएकाले यो विधि प्रभावकारी देखिएको थापाको दाबी छ । “तत्कालका लागि अनलाइन कक्षा सबै विद्यार्थीको पहुँचमा हुँदैन कि भन्ने थियो”, वडाध्यक्ष प्रेम लामिछानेले भने, “चाहेदेखि हुँदोरहेछ, अभिभावक जिम्मेवार हुँदा सबै विद्यार्थीलाई पढाउन सकियो ।”

विद्यालय बन्द रहेको समयमा समेत पाठ्यक्रममा आधारित पठनपाठन निरन्तर चलेकाले अहिले पाठ्यक्रम सक्न र दोहो¥याउन सजिलो रहेको शिक्षकहरू बताउँछन् । विद्यालयले ‘एक शिक्षक एक ल्यापटप कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । केही शिक्षकले ल्यापटप पाएका छन् भने केहीले पाउने क्रममा रहेको वडाध्यक्ष लामिछानेले बताए । कक्षा कोठामा समेत प्रोजेक्टरको माध्यमबाट अध्यापन हुने भएकाले पनि शिक्षण सामग्री तयार गर्नुपर्ने बाध्यतामा शिक्षकहरू छन् ।
रासस

वि.सं.२०७७ चैत ३१ मंगलवार ११:०१ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...