back
CTIZAN AD

एसबिआई बैंकले ‘कर्पोरेट पे’ प्रणाली सुरु गर्ने

वि.सं.२०७७ चैत ३१ मंगलवार

615 

shares

३१ चैत्र, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुखकार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलबभुक्तानी, भेन्डर पेमेन्ट,सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फतconnectIPSअथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।

CORPORATEPAY मा आबद्ध हुनकालागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छर स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यस पश्चातभने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा भित्र कुनैपनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना नै गर्न सक्दछन्, भने सो सीमाभन्दा बढिको कारोबार गर्न भने बैंकले थपचेक जाँचपश्चात प्रोसेस हुने व्यवस्था रहेको छ ।

यस प्रणालीमा पहुँच पाउन multi-layer authentication को सुरक्षित व्यवस्था गरिएको छ भने, कुनै पनि कारोबार प्रविष्ट गर्न र अप्रुभ गर्नग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै ग्राहकले आवश्यक्ता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबारगर्न सकिने प्रावधान रहेको छ ।

यो CORPORATEPAY प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाईनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले जनाएको छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १०:५८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...