Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

बिप्लव दाइ ! राजनीतिक आन्दोलनको हतारमा गणितीय समिक्षा गर्दा गलत पनि हुन सक्छ



naran aryal

तपाईंहरुले निर्माण गरेको विशाल कम्यूनिष्ट पार्टी शसस्त्र जनयूद्धको परिबेशबाट नयाँ राजनितिक संघर्षको परिवेशमा आईसकेपछी पार्टी भित्र देखीएका अनेक गैह्रक्रान्तिकारी बिषयवस्तुदेखी तपाईं बाहीरिनुभएको हो भने यहीँनेर नै बिश्व कम्यूनिष्ट आन्दोलनमा समस्या देखीएको हो । समाजका मानीसहरु सबैका पछाडी लाग्दछन । बौद्धिक साम्यबादी विश्व नबन्ने बेलासम्म मानिसहरुले राजनीतिमा आफ्नो बिवेकको सही प्रयोग गर्न सक्दैनन । किनकी सबैप्रकारका राजनीतिक संगठनहरुले त्यहाँ मान्यता पाईरहेका हुन्छन । प्रखर बहुलबादी राजनीतिक खेलाडीहरुले भरीएको मैदानमा प्रतिस्पर्धा गरेर जित्न सक्नुहुन्न भने तपाईको नेतृत्वमा भोली पनी राजनीतिक  विजय सम्भब छैन । 

आदरणीय कामरेड बिप्लब अभिवादन  । दशबर्षे शसस्त्र जनयूद्द हुँदै माओबादी आन्दोलन नयाँ प्रक्रीयामा आएको पनी एक दशक भईसकेको छ । पुराना संसदीय राजनीतिक शक्तिले राखेका अडान बाहेक अहिले देशमा स्थापित अग्रगामी राजनीतिक मुद्दामा माओबादी आन्दोलनको सबैभन्दा महत्वपुर्ण भुमिका रहेको कुरा नकार्नु भनेको पक्कै त्यहाँ राजनैतिक बेइमानी हुनेछ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समाबेशीता र आरक्षण जस्ता राजनीतिक एजेण्डाहरुको वास्तविक सर्जक माओबादी आन्दोलन हो । पहिलो संबिधानसभा सँगै अस्ताउन लागेका प्रतिगामी तथा यथास्थितिबादी राजनितिक शक्तिहरु पुन: राजनीतिको केन्द्रमा आईपुगेका छन । माओबादीहरु राजनीतिक खेलमा कच्चा ठहरीएका छन । माओबादीहरुले फरक–फरक पसल थापेजस्तो देखीएको छ । शसस्त्र यूद्धको आरम्भ गरेसँगै माओबादी आन्दोलनले लक्षित गरेको ठाउँमा देश आईनपुगेको भएतापनी देशले केही राजनीतिक मुहार फेरेको छ । सामन्तहरु दलालमा फेरीएका छन, राजनिति पुरै दलालीकरणबाट प्रदर्शित भएको छ । नयाँ संबिधानको विधि र प्रक्रीयामा प्रबेश गरेर जुनसुकै राजनीतिक दल हाबी भएर आएता पनी स्थापित भईसकेका एजेन्डाहरुलाई बिस्थापित गर्न गाह्रो छ । बरु फरक तरीकाले माआवादी आन्दोलनले उठान गरेका राजनीतिक एजेन्डाहरु अपहरणमा पर्दै जाने कुरा निश्चित छ ।

कुनैपनी नयाँ राजनीतिक बिचारको प्रस्ताबक नभएको पार्टी एमाले जर्बजस्त स्थापित हुनु र कमल थापाजस्ता प्रतिक्रीयाबादी राजनितिक हस्तीको पुनरुत्थान हुने कुरा माओबादी आन्दोलनको लागी शुभ संकेत पक्कै होइन ।
देशमा धेरै राजनीतिक स्कुलहरु छन । चोइटिएको छरिएको भएतापनी माओबादी एउटा अग्रगामी क्रान्तिकारी स्कुल हो । बिश्वब्यापी रुपमा पँुजीबादले एकपछी अर्काे संकट ब्यहोर्दै गरेको सन्दर्भमा माओबादी अर्थराजनीतिकनो सान्दर्भीकता अझै बढेर गएको छ । माक्र्सबाद बिज्ञानसम्मत राजनीति भएकाले मानिसको अन्तिम पुस्तासम्म यसको सान्र्दभिकता कहिल्यै हराउँदैन । नीतिगत रुपमा बिजयी भएको नेपाली माओबादी आन्दोलनद्धारा स्थापीत नेतृत्वमा एक कुशल राजनीतिक कप्तानमा हुनुपर्ने क्षमताको कमीले मात्रै समस्या आएको हो भन्ने देखीन्छ ।
तपाईंले एउटा माओबादी घटकको नेतृत्व गरीरहंदा तपाईंमाथी केही सबालहरु उठीरहेका छन, जुन सबालहरु हिजोका दिनमा बिश्वका कैयन कम्यूनिष्ट पार्टी र तिनका नेतृत्वलाई पनी उठेका थिए । बिशाल राजनीतिक ईतिहासमा कुनै पार्टी वा समुह बनाउने कुरा वा कुनै बिचारधारा प्रस्तुत गर्ने कुरा त्यती धेरै महत्वको बिषय होईन । लेनिनको मृत्यू पछाडी स्टालीनको नेतृत्व केही कोणबाट बिबादास्पद छ । क.माओले नयाँ परिवेषमा पार्टी र आन्दोलन बचाउनका लागी महान सर्वहारा साँस्कृतिक क्रान्ति नै चलाउनु भयो । निरन्तर क्रान्तिको अभ्यास गरेतापनी अन्तत: माओ र स्टालीन दुबै फेल हुनुभयो । उहाँहरु पछाडी रुस र चिनमा वास्तबिक कम्यूनिष्ट पार्टी नै रहन सकेन । राजनीति सँधै नै निरन्तर बिजयको प्रश्नमा उभिइरहन्छ । राजनीति यस्तो परीक्षा हो जहाँ कहील्यै पनी हार्ने छुट हुंदैन । नेपाली माओबादी आन्दोलनका बैचारीक÷अबैचारीक गुटका नेता वा बिभाजीत पार्टीका नेताले विश्व कम्यूनिष्ट आन्दोलनबाट सही पाठ सिकेको देखीएन । नेपालको बर्तमान राजनितिक शक्ति सन्तुलनमा तपाईंको सहि भुमिका के हुन सक्छ ? के तपाईंले अहिले सही भुमिका निर्बाह गरीरहनु भएकोे छ ?

“सम्भावना हार्ने नै छ, केही गर्न सकिदैन, तर जसले केही गरेर देखाउने प्रयास गर्छ, यही कारण सो व्यक्ति अरु भन्दा अलग बन्छ, उ हारेर नै गएतापनी उसलाई प्राप्त सन्तोष कसले छिन्न सक्छ कि उसले केही राम्रो गरेर देखाउने प्रयास त गर्यो ।”

एउटा कोणबाट हेर्दा तपाईंले माओबादी आन्दोलनको यूवापन बचाईराख्ने जुन प्रयत्न गर्नुभएको छ, त्यो सराहनीय छ । ईतिहासका महान राजनीतिक हस्ती चाणक्यले भनेका छन – “सम्भावना हार्ने नै छ, केही गर्न सकिदैन, तर जसले केही गरेर देखाउने प्रयास गर्छ, यही कारण सो व्यक्ति अरु भन्दा अलग बन्छ, उ हारेर नै गएतापनी उसलाई प्राप्त सन्तोष कसले छिन्न सक्छ कि उसले केही राम्रो गरेर देखाउने प्रयास त गर्यो ।” यो सहि बिचार कार्यान्वयनको प्रयास र अलग देखीने प्रयास दुबैसँग जोडेर हेर्न सकिन्छ । तर यहाँ म तपार्इंको भुमिकालाई सकारात्मक तरीकाले ग्रहण गर्न खोजीरहेको छु ।
तपाईंहरुले निर्माण गरेको विशाल कम्यूनिष्ट पार्टी शसस्त्र जनयूद्धको परिबेशबाट नयाँ राजनितिक संघर्षको परिवेशमा आईसकेपछी पार्टी भित्र देखीएका अनेक गैह्रक्रान्तिकारी बिषयवस्तुदेखी तपाईं बाहीरिनुभएको हो भने यहीँनेर नै बिश्व कम्यूनिष्ट आन्दोलनमा समस्या देखीएको हो । समाजका मानीसहरु सबैका पछाडी लाग्दछन । बौद्धिक साम्यबादी विश्व नबन्ने बेलासम्म मानिसहरुले राजनीतिमा आफ्नो बिवेकको सही प्रयोग गर्न सक्दैनन । किनकी सबैप्रकारका राजनीतिक संगठनहरुले त्यहाँ मान्यता पाईरहेका हुन्छन । प्रखर बहुलबादी राजनीतिक खेलाडीहरुले भरीएको मैदानमा प्रतिस्पर्धा गरेर जित्न सक्नुहुन्न भने तपाईको नेतृत्वमा भोली पनी राजनीतिक विजय सम्भब छैन । तपाईंले सायद अनुमान गर्नुभएको छ नेपाली राजनितिक ईतिहासमा बि.पि. र प्रचण्डको हालत करीब उस्तै भएको छ । हैसीयत कायम राख्नका लागी मानीसले आफ्नो सम्पुर्ण अस्तित्व समेत जोखीममा लगाउन पुग्दछ । यो मानिसको करीब आम गुण हो । तत्कालीन माओबादी आन्दोलनको नेतृत्वका नायक क. प्रचण्डको नियत स्वयं उहाँले कसरी निर्धारण गर्नुभएको थियो र छ भन्ने कुरा हामीलाइ थाहा भएन । क. मोहन बैद्य किरणले चुनबाङ बैठकले तय गरेको कार्यदिशा माथी नै गम्भीर समिक्षाको प्रश्न उठाउनुभएको छ । जनमुक्ती सेनाको बिघटन, बिप्पा सम्झौता र दोस्रो संबिधानसभाको चुनाबलाई प्रतिक्रान्तिका श्रृंखलाको रुपमा संश्लेषण गर्नुभएको कुरा कमरेड किरण र तपाईंका दस्तावेजहरुले देखाएका छन । इतिहासमा बि पि को नियत गलत थियो भन्ने कुराको प्रश्नलाई त्यती धेरै गम्भीरताका साथ उठाएको पाईंदैन तर मुतmीसेनाको बिघटन पछी संबिधानसभाको चुनाबमा अडान नराखीकन संसदीय निर्वाचनमा भाग लिंदाको परिणाम २०१७ मा आएको छ । राजा महेन्द्रको कु को अगाडी त्यत्रो नेपाली कांग्रेश ईतिहासमा निरिह देखीएको छ ।
सरल तरीकाले हेर्दा चुनवाङ बैठक, बाह्रबुंदे समझदारी, शान्ति सम्झौता हुंदै पहिलो संबिधानसभाको निर्वाचन सम्म आइपुग्दा माओबादी देशकै शतmीशाली र ठुलो राजनीतिक शक्तिको  रुपमा स्थापित भएको थियो । यहांनेर एउटा गम्भिर समिक्षाको बिषय छ । नेपालका आन्तरिक र बाह्रय यथास्थितिबादी र प्रतिक्रियाबादी राजनीतिक शक्तिहरुको  लागी माओबादी पार्टीलाइ बिघटन गर्नूपर्ने वा भ्रष्टीकरण गर्नुपर्ने आवश्यकता थियो । प्रतिक्रियावादीहरुले जे चाहेका थिए सोही नै भयो । त्यो गणतान्त्रिक आन्दोलनको संबाहक माओबादी शक्ति अहिले यत्रतत्र छरिएको छ, अनि बिचलित छ । चौतारी÷चियापसलमा माओबादी भनेको आर्थीक अपार्दशिता भएको, फुटबादी र शक्तिको  दुरुपयोग गर्ने मान्छेहरुको पार्टी भन्दै माओबादी आन्दोलनका बिरोधीहरुले युद्ध प्रचारको रुपमा अगाडी बढाएका छन । आन्दोलनमा एउटा गजबको कुरा छ, आन्दोलनको दौरानमा शक्ति सन्तुलनको आवश्यकता अनुसार नेतृत्वले देशी बिदेशी शक्तिहरुसँग कुनै प्रकारको सम्झौता गर्दछ, अनि आन्दोलन बिजयसम्म पुग्छ वा तहसनहस हुन्छ । आन्दोलन बिजयी भएमा ति सम्झौताहरु सफल कुटनितिक पहलकदमीको रुपमा चित्रीत हुन्छन भने आन्दोलन तहसनहस भएमा ती सम्झौताहरु गद्धारीको रुपमा चित्रीत हुन्छन । कमरेड मोहन बैद्य को नेतृत्वमा बौद्ध सम्मेलन गरेपछी यता धेरै समय बितिसक्यो तर देशको संक्रमणकाल करीब यथावत नै छ ।
तपाईं किरणजी सँगबाट अलग्गीनु भयो र बाबुरामजीले मालेमाबादी बिचार नै त्याग गर्दै अलग्गीनुभयो । साँच्चीकै कार्यकर्ता र जनताको तहबाट हेर्दा अत्यन्तै घृणा लाग्ने चित्र देखीयो । त्यत्रो त्याग, तपस्या र बलिदानको बिचबाट आएको माओबादी पार्टीले कती थोरै ज्ञान भएका नायकहरुको झुण्ड जन्माएको रहेछ । चुनबाङको बैठकपछी माओबादी आन्दोलनले आफुलाई अत्याधीक बिस्तार गरेको थियो, साथै माओबादी आन्दोलन बृहत जनसहभागीता सहित राज्यसत्ता कब्जा गर्ने स्तरसम्म आईपुगेको थियो । तर माओबादीको आन्तरीक व्यवस्थापन र शक्तिको सहि प्रयोग सम्बन्धि नीति निर्माण र कार्यान्वयनमा अभाब खड्केको देखीयो । यहाँनेर प्रचण्डको क्षमतामा सिमा अनिबार्य देखीयो । साथै अरु नेतृत्व तहमा रहेका र अहिले बिभिन्न पार्टी सञ्चालन गर्ने एक हिसाबले तत्कालीन गुुटका नेताहरुमा पनी क्षमता देखीएन । चुनबाङ बैठकले तय गरेको कार्यदिशा समग्र कार्यदिशा बन्न नसक्दा पार्टीको आन्तरिक व्यवस्थापनमा ठुलो त्रुटी देखीयो । शक्ति र स्रोतको नजिक रहेकाहरुमाथी कार्यकर्ता र आम जनताले अत्यन्तै शंकास्पद तरीकाबाट हेर्ने गरेका छन । आफु बलियो बनिराख्नका लागी आफ्नो राजनीतिक संगठन स्वस्थ र निरन्तर बलियो हुनुपर्छ भन्ने कुरा सायद प्रचण्डले बुझ्न सकेनन वा आफ्नो स्तरप्रती घमण्ड गरे । प्रचण्डले स्थितिलाई जसरी लिएको भएतापनी नयाँ परीस्थितिमा निरन्तर नेतृत्व बन्ने कुरामा प्रचण्डमा समस्या देखीयो । सारमा क.प्रचण्डलाई समग्र क्षमतावान नेताको रुपमा लिन सकिदैन । आन्दोलनको क्रममा प्रचण्डको वरिपरि रहेका समकक्षी भनिनेहरुबाट आन्दोलनलाई सफलता सम्म पु¥याउनका लागी दृष्टीकोण फराकिलो बनाएको पनि देखीदैन ।
माओबादी पार्टीलाइ निरन्तर क्रान्तिको दिशामा अगाडी बढाउनका लागी यूद्दकालीन समयमा बिचारको बिकास गर्ने प्रश्नमा निकै चर्चा भएको थियो , तर सो प्रश्न किरण र प्रचण्डबाट दस्ताबेज र सर्कुलर तयार पार्ने र प्रशिक्षण दिनमा मात्रै सिमित देखीयो । पार्टीभित्र २१ औं शताब्दीको जनबादबारे भन्ने दस्ताबेज समेत ल्याइयो । साँच्चिकै त्यो दस्ताबेजले विश्व कम्यूनिष्ट आन्दोलनमा केही नयाँ सम्भाबना बोकेको देखीन्छ । तर त्यो दस्ताबेजलाई आन्दोलनको संक्रमणकालीन चरणमा कार्यान्वयनको अभ्यास गर्ने चेष्ठा नै गरेको देखीएन । नारायणकाजी श्रेष्ठसँग पार्टी एकता गर्दा जनयूद्दको क्रममा बिकास भएको बिचारलाई करीब निकम्मा नै बनाउने कार्य भयो । माओबादीको संगठन संरचना, ब्यबहार र प्रबृति ०६२÷०६३ को आन्दोलनसम्म मिल्दो रहेको थियो त्यस पश्चात सिर्जित भएको नयाँ परिबेशका लागी नयाँ ढँगको संगठन संरचना, व्यवहार र प्रबृति बिकास गर्न जरुरी थियो । तर माओबादी नेतृत्वले त्यो स्तरमा सोच्न सकेन । माओबादीका सम्पुर्ण संगठनमा सांगठनिक र आर्थीक अराजकता देखा पर्न पुग्यो । केही नेताहरुको तर्फबाट अराजक प्रबृतिहरुलाई बैचारीक गुटको नाममा संरक्षण प्रदान गर्ने कुराको सुरुवात भयो, त्यसपछाडी समग्र माओबादी केही निश्चित गुटमा बिभाजन हुँदै आकार ग्रहण गर्दै गयो । बैचारीक रुपमा हेर्दा किरण र प्रचण्ड बिच भएको बुझाई अन्तरले नै समग्र माओबादीमा विचलन शुरुवात भएको देखीन्छ ।
किरणले पार्टी बिभाजन गर्नुपुर्ब पार्टीभित्र निकै लामो बैचारीक अभियान सञ्चालन गर्नुभयो, पार्टी भित्र पार्टी सञ्चालन गर्नुभयो । किरणले निरन्तर बिद्रोहको वकालत गर्नुभयो । किरणजी आन्दोलनप्रती इमान्दार पनी देखीनुभयो । केही आवाजहरुपनी सुनीए किरणजीलाई पार्टीबाट अलग नगरीकन माओबादी आन्दोलन समाप्त पार्न सकिंदैन । किरणजीले संचालन गरेको बैचारीक गुटमा तपाईंको अत्यन्तै महत्वपुर्ण भुमिका देखीन्थ्यो । विश्वमा कैयन पार्टीहरुले प्रतीक्रान्तिकारी नीति अख्तियार गर्दा समग्र पार्टी नै फस्न पुगेको पनी देखीन्छ । आन्दोलनमा नयाँ परिस्थिति सिर्जना भएको र प्रचण्ड–बाबुरामको गतिविधिबाट पनी शंका उत्पन्न भईसकेपछाडी सोही पार्टी भित्र रहेर समग्र पार्टीलाई नै आन्दोलनमा होम्ने आन्तरिक कुटनीतिक पहलकदमी को बिकास गर्ने क्षमताको बिषयमा किरणमा अभाव देखीयो । बिप्लब दाई सायद इतिहासमा माओबादी नेतृत्वको तर्फबाट केही गम्भीर गल्ती भइसकेको छ । गल्ती गर्नेहरुले नियमित गल्ती गरे भने गल्ती भयो भनेर देख्ने तपाईंहरुले ति गल्तीलाई सच्याउने सहि साध्य र साधन भेट्नु भएन । वस्तुलाई गतिशिल कोणबाट नहेर्ने र नयाँ सम्भाबनाहरुलाई प्राप्त गर्नको लागी नयाँ जोखीम उठाउन नसक्ने हो भने भोली संघर्षको दौरानमा आइपर्ने कागजी पहाडहरुसँग तपाईं तर्सनुहुन्न भन्ने हुँदैन । बिप्लव दाइ समयको गतीमा सडक देखी सदनसम्म भएका माओबादी र बर्तमानमा माओबाद त्याग गरेकाहरु सबै कमजोर देखीन्छन । मियो समात्ने तर सिन्को नभाच्ने मोहनबिक्रम र नारायणमानहरुलाई समयले कहिल्यै माफी दिनेछैन । चास्नीमा चर्लम्म डुबिसकेका र नेतृत्बलाई घेराबन्दीमा राखेका केही माओबादीका कथित नेताहरुबाहेक माओबादीको ट्याग लगाएका र हाल ट्याग फालेका भुपु माओबादी सबैले इतिहासमा आफुले क्रान्तिकारी भुमिका निर्बाह गर्न खोजीरहेका छन । तपाईले इतिहासमा सही राजनीतिक भुमिकाको नेतृत्व गर्ने अभ्यास गर्न खोजेको मलाइ आभास भइरहेको छ । त्यसैले मैले तपाईलाई तपाईले निर्माण गरेको संगठनको मात्रै होइन, तपाइको नेतृत्वमा समग्र राजनीतिक बिजयका लागी माओबादी आन्दोलनको क्रममा देखीएका घटना र प्रवृतिलाइ फरक ढंगले समिक्षा गर्न अनुरोध गर्दछु ।
बिप्लव दाइ तपाइलाई राम्रोसँग थाहा छ की राजनितिक आन्दोलनको हतारमा गणितीय विधिबाट समिक्षा गर्दा गलत पनि हुन सक्छ । सबैले अनुभब गरेका छन कि हिजोको परिवेशमा क्षमता प्रर्दशन गर्ने ति माओबादी कार्यकर्ताहरुको ठुलो हिस्सा आजको संसदीय व्यबस्थामा पटक्कै फिट भइरहेको छैन । तर यो होइन की हामी फर्केर समयको त्यही बिन्दुमा जान सक्छौं । इतिहासमा क्षमतावान व्यक्तिले कुनै दलको नेतृत्व गर्नुपर्छ भन्ने छैन खेलमा आफ्नो बिचार जिताउने भुमिका निरन्तर खेल्न सक्नु नै महत्वपुर्ण हो, जुन कुरा ईतिहासमा नमेटीने गरी लेखीन सक्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ