back
CTIZAN AD

कविता: पर्खाल

वि.सं.२०७८ वैशाख ११ शनिवार

1.1K 

shares

म वर
तिमी पर
तिमी वर
म पर
यसर्थ, तिमी र म
वर र पर
तिमी र म बिच पर्खाल छ
त्यो पर्खाल शक्तिशाली छ

मन लाग्छ
पर्खाल भत्काऊँ
तिमीलाई अपनाउँ
शायद, तिमीलाई पनि
त्यस्तै हुँदो हो,
पर्खाल नाघौं
अनि
मलाई अपनाउँ

तर
पर्खाल नाघ्दा
पर्खाल भत्काउँदा
कि मलाई
कि तिमीलाई
मर्न बाध्य पार्न सक्छन्
वा
तिमी र म दुबैलाई
मार्न सक्छन्

त्यसैले
त्यो पर्खालको नाउँमा
आउ तिमी र म
प्रेमको आहुती दिउँ
यो जुनीमा तिमी र म
छुटिएर जिउँ
अर्को जुनीमा
तिमी र म भएर
जातीय पर्खाल तोडौंला
बिभेदको पर्खाल फोडौंला
अनि
भरपुर माया गरौंला ।

 

वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:१८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...