बग्नु र छचल्कनुको
जब
मैले गुढरहस्य बुझेँ;
दिग्विजयका लागि
खुट्टा माथि उचालेँ
तर
जमिन टेक्नेबेलामा
एउटा पाउ– आगोमाथि पर्यो
र
अर्को पाउ
हिउँको चट्टानमाथि ।
विजयका लागि
सबै पिडासहेर–कदम चाल्नै थियो
उभिएरमात्र
कहाँ लक्ष्य भेटिन्थ्यो र
आगोको लप्का
र
हिउँका पहाडहरु टेक्तै
अन्तिम स्वाससम्म
हिंडिरहने प्रतिज्ञा गरेँ ।
‘विश्राम’
तुच्छ मृत्यु थियो
जमेर कुहुनु भन्दा
दुरुह यात्रापथको
महान् मृत्युु–स्वीकार गरेँ ।
वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:२४ मा प्रकाशित






























