
२० बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलललाई पुनः मुख्यमन्त्रीमा नियुक्ति गर्नु हास्यास्पद भएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले मुख्यमन्त्री पोखरेलको राजिनामालाई सकारात्मक रुपमा लिन सकिने भएपनि अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक रहेको बताएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा सांसदहरुबाट भइरहेको संघर्षप्रति ऐक्यवद्धता जनाउँदै प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्विनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गराएको समेत प्रचण्डद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्रीमा पोखरेल नियुक्त तर, ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनबाट केसीको दाबी
लुम्बिनीमा एमालेको निर्देशनमा प्रदेश प्रमुखले बेइमानी गरेपछि…