back
CTIZAN AD

हजुरलाई बधाई छ सरकार

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

993 

shares

मलाई अक्सिजनको खाचो छ
मलाई अक्सिजन उपलब्ध गराउँ सरकार

सुन्छु फेरि चुनाव हुँदै छ
मलाई बचाउँ सरकार
म बाँच्न चाहन्छु
थाहा छ नि
म बाँचे भने मेरो भोट काम लाग्छ
भो मलाई चाहिदैन मासुभात
चाहिदैन बियर
मलाई गाडीमा लिन आउनु पनि पर्दैन
म आफै आफ्नो भाडा तिरेर आउछु भोट हाल्न
हिंडेर पनि आउछु म दसौं किलोमीटर
तर यति बेला
म मृत्यु सँग लडिरहेछु
मलाई बचाउँ सरकार

मलाई सहनै नसक्ने पीडा भएको छ
मलाई उकुसमुकुस भइरहेको छ
मलाई श्वास फेर्न गाह्रो भइरहेको छ
मेरो अवस्था देखेर
डाक्टरको मुहार मलिन छ
नर्सको आँखा रसाएको छ
मेरो सरकारलाई
केहि थाहा छैन
थाहा होस पनि कसरी
आज उनको फेरि सपथग्रहण छ
उनलाई बधाई लिन भ्याइनभ्याइ छ
उफ………………….!
अझै पनि अक्सिजन सिलीण्डर आइपुगेन
म सँग थोरै समय छ
मलाई थाहा छ सरकार
मेरो वरिपरि मृत्यु घुमिरहेको छ
अब पनि हजुरलाई बधाई दिइन भने
बधाई दिन नपाउँदै मेरो प्राणपखेरु सकिने छ
हुक्क ……….. हुक्क ………हुक्क ………….
म गए सरकार
राम्रो सँग बस्नुहोला
हजुरलाई हार्दिक बधाई छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार २०:०५ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...