संयुक्त राष्ट्रसंघ यूवा सम्मेलनकी यूवा अध्यक्ष जोली अमात्यद्धारा सम्बोधन ( भडियो सहित)
विजय थापा,वाशिंगटन डीसी । गत फुबु्रअरी १ तारिख न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा यूवा सम्मेलनकि युवा अध्यक्ष नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघको हिउँदे सम्मेलनमा सम्बोधन गरेकी छिन् ।
बार्षिक रुपमा दुई पटक आयोजना हुने यूवा सम्मेलनमा विभिन्न राष्ट्रहरुबाट आएका युवा प्रतिनिधिहरुलाई उनले सम्बोधन गरिन । यूवा बाट कार्य सुरु हुने भनिएको उक्त १९ औ सत्रको मुख्य ध्येय दिगो विकासको लागि परस्पर निर्भता तथा विश्व ब्यापकता भन्ने रहेको थियो ।
राष्ट्र संघको इतिहासमै अमात्य युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी हन् ।