१४ जेठ, काठमाडौं । भेरी अस्पतालका चिकित्सक र नर्समाथि हातपात गर्ने तीनजनाविरुद्ध किटानी जाहेरी परेको छ ।
भेरी अस्पतलाल प्रशासनले चिकित्सक र नर्समाथि हातपात गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका मन बहादुर रावत, लोक बहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको हो ।
अस्पतालका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव डा. प्रकाश थापाद्धारा जारी विज्ञप्तिमा दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढिसकेकोले विषम परिस्थितिलाई ध्यान दिँदै स्वास्थ्यकर्मीलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन अनुरोध गरिएको छ ।
‘यथाशिघ्र दोषी उपर कडा कारबाही नबढ्ने अवस्था सिर्जना कहि कतैबाट भएको खण्डमा कर्मचारीहरुका तर्फबाट चालिने सबै किसिमका आन्दोलनमा अस्पताल विकास समितिको साथ रहिरहने प्रतिबद्दता समेत जाहेर गर्दछौं ।’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १७:२७ मा प्रकाशित




























