१६ जेठ, काठमाडौं । नेपाली जनप्रगतिशील मन्च कतारले कोरोना महामारी विरुद्ध लड्नका लागि १ लाख रुपैयाँ सहयोग पठाएको छ ।
नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय बिभागले स्वदेशमा परेको स्वास्थ्य कठिनाईलाई मध्यनजर गर्दै एक करोडको कोष बनाउने अभियानलाई सहयोग गर्दै मन्चले १ लाख रुपैयाँ सहयोग पठाएको मन्चका अध्यक्ष रकमध्वज राई जानकारी दिएका छन् ।
मन्चले अन्तर्राष्ट्रिय समन्वय बिभागको खातामार्फत आइतबार उक्त, रकम कार्यालयको बैंक खातामा जम्मा गरेको हो ।
नेपालमा कोरोना महामारीमा उपचारमा कठिन जीवन बिताइरहेका स्वदेशीलाई संगठनले सुचारु गरेको अभियानमा नेपाली एक लाख संकलन गरिएको बताइएको छ ।
उक्त अभियानबाट सङ्कलन भएको रकम अन्तर्राष्ट्रिय बिभाग माओवादी केन्द्रको समन्वयमा केन्द्रिय कार्यालय काठमाडौ मार्फत हस्पिटललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने संगठनका अध्यक्ष राईले जानकारी दिएका छन् ।
संगठनले सदस्य अमित गौतमको संयोजकत्व र सदस्यहरु बुद्धि प्रसाद भण्डारी,अब्दुल खालिद दिपक भट्टराई , तिलक राम भुसालको सक्रियतामा आफ्ना पदाधिकारी, सदस्यहरू मार्फत सहयोग संकलन गरेको थियो ।
नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय बिभागले कोरोना महामारीका विरुद्ध लड्नका लागि १ करोडको कोष खडा गर्ने जनाउँदै विदेशमा रहेका आफ्ना भातृ संगठनहरुलाई सहयोगको आव्हान गरेसँगै आर्थिक सहयोग संकलन गर्न थालिएको मंचका गल्फ संयोजक शनि कुमार ओलीले बताएका छन् ।

वि.सं.२०७८ जेठ १६ आइतवार १३:२७ मा प्रकाशित






























