back
CTIZAN AD

कविता: मेरै सामुन्ने हुन्छ्यौ तिमी

वि.सं.२०७८ जेठ २९ शनिवार

831 

shares

प्रकृतिका विविधता
अविचल सुदृढ हिमचुलीका
अकलुषित शुभ्र सौन्दर्यमा
दृष्टि पर्दा
मेरै सामुन्ने हुन्छ्यौ तिमी

सुन्दर पहाडी हरियाली
धुपी, सल्ला र गुराँसे
वासन्ती बहार लिएर
बिहानै आएकी उषासंग
फक्रिएका पुष्प पत्रमा
टल्किने मोतीकणमा
दृष्टि पर्दा
मेरै सामुन्ने हुन्छ्यौ तिमी

पाखा पखेराका रेखाझैँ
तेर्सा गोरेटाहरू
हिँड्दै
द्यौराली भञ्ज्याङ
वरपिपल चौतारीको छाहारी
हिमालदेखि आएको सिर्सिरे बतास
एकैछिनको विश्राम
ओबाउँदै पसिना
र नजिकै पहरा रसाएको
बाँसको डुँडी जोडिएको
तुरतुरे धारो
अञ्जुली जोडेर
पिउँदै चिसो पानी
आँत रसाउँदा
मेरै सामुन्ने हुन्छ्यौ तिमी

घनघोर वनैवनको बाटो
लेकतिर उकालीमा भेटिने
झर्नाहरू
नजिकै छाँगा छहरा
सुशीतल बाछिटा
भर्दै अँजुलीमा
धोएर मुख
आनन्दले वरिपरि
नियाल्दै जाँदा
मेरो सामुन्ने हुन्छ्यौ तिमी

मेची महाकाली
कोशी कर्णाली
सेती काली
गण्डकीका
अजस्र जलाधारमा
तन डुबाएर
मन भुलाउन खोज्दै
आफ्नै सम्पदा
मस्तिष्कले रोज्दै
विश्व व्यापकतामा

नदी नालाका कलकल
सुस्तरी सुनिरहँदा
समस्थली र फराकिला फाँटमा
रमाएर हिँडिरहँदा
चारकोसे घना जङ्गललाई
पूर्वपश्चिम राजमार्गछेउबाटै
यात्राकै द्रुतदृष्टिमा कैद गर्दा
जङ्गली अर्ना
एकसिङ्गे गैडा
मृगका बथान
अनि
काँसेघारीमा मन बहलाउँदा
सधैँ सधैँ
मेरै सामुन्ने हुन्छ्यौ तिमी ।

मेची महाकाली
कोशी कर्णाली
सेती काली
गण्डकीका
अजस्र जलाधारमा
तन डुबाएर
मन भुलाउन खोज्दै
आफ्नै सम्पदा
मस्तिष्कले रोज्दै
विश्व व्यापकतामा
आत्मीयताले
परिभ्रमण गर्दै
जहाँ जहाँ पुगूँ
मेरो मनमस्तिष्कमा
आइरहन्छ तिम्रै छायाँ
निरन्तर निरन्तर
लागिरहन्छ तिम्रै मायाँ
सत्ते सत्ते दिनरात दिनरात
मेरै सामुन्ने हुन्छ्यौ तिमी ।
हो दिनरात दिनरात
मेरै सामुन्ने हुन्छ्यौ तिमी ।

 

 

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:०१ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...