back
CTIZAN AD

कविता: सुन्दरी प्रती

वि.सं.२०७८ जेठ २९ शनिवार

2.2K 

shares

हेर्दा लाग्दछ सुन्दरी कति तिमी हौ उर्वशी नै स्वयं
मेरा नेत्रहरू दुबै गलिसके हौ जूनतारा स्वयं
तिम्रो रूप यहाँ सुवासित हुँदा झर्दै छ झै बादल
तिम्रो प्यास सबै बुझाउछु भनी पानी परेको तल ।१।

कस्तो रूप छ मोहिनी पनि अहा ब्रह्माण्ड लोभ्याउने
सोहोरीकन छेउमा भुवनका आँखाहरू ल्याउने
तिम्रा केश सरर्र फैलिरहदा गर्जिन्छ झैँ मेघ यो
आफै शब्दविहीन भैकन सधैं नाच्ने जुरेली छ यो ।२।

ती मुस्कान यहाँ प्रदर्शन हुँदा आफै बने मोहित
तिम्रो सुन्दर भाष्यले हृदयको पाटो भयो झङ्कृत
तिम्रो डिम्पलले स्वयं हिमचुली हास्दै छ है मन्द भै
गाई चिर्बिर गर्दछन कति चरी नाचेर आनन्द भै ।३।

हिंड्दा पाउजु बज्दछन छमछमी, बिर्सेर सारा धुन ?
चल्दाखेरि चुराहरू कति बजे बेचैन झै हुन्छु म
बोल्दाखेरि त आउँछन् लय भरी सङ्गीतका रागिणी
हेर्दा नेत्र फिका फिका किन भयो सारा शरद् यामिनी ।४।

देखी लौ न गुरास झैँ अधरले, उन्मत्त पार्यो दिल
तिम्रा मोहक शब्दले हृदयका उत्रे कि सारा खिल
यस्तो लाग्छ अचेल भित्र मनमा हे सुन्दरी लौ सुन
बढ्ने गर्दछ छट्पटी कति ममा पग्लन्न तिम्रो मन ।५।

छन्द: शार्दूलविक्रीडित
गण– म स ज स त त गु
मात्रा–SSS IIS ISI IIS SSI SSI S

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:०७ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...