back
CTIZAN AD

लघुकथा: सपना

वि.सं.२०७८ असार ५ शनिवार

786 

shares

गाउँमा रेल र अस्पतालको उद्घाटन हुँदै थियो । मलाई भने हतार हतार अफिस पुग्नु पर्ने थियो । स्थानीय उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय बजारमा फैलाउने भन्ने बिषयमा बिज्ञहरूबाट जुम क्लास चल्दै थियो । मेरो दोस्रो देशसँगको दोस्रोपटक सम्झौता थियो । कार्यक्रम अर्थपूर्ण रह्यो । सबै आ–आफ्नो काममा ब्यस्त छन् । सबैले आठ घण्टा ड्युटी दिनैपर्छ । बेरोजगारी देशैबाट हट्यो । उधोग कारखाना बढिरहेका छन् ।

महिलाहरू सुरक्षित छन् । देश समुन्नत बन्दैछ ।

राजनीतिक माहोल सुधार भो । राजनेताहरू पनि बिज्ञ र युवाहरू मात्र छन् । भर्खरै तीस बसन्त हिड्दै गरेका युवा प्रधानमन्त्री आफ्नै मोटरसाइकलमा कार्यालय जान्छन् ।

पहिले जस्तो चिल्ला गाडीको लस्कर र सुरक्षाकर्मीहरू कमै देखिन्छन् । अहिले भ्रष्टाचार गर्नेलाई जनताले कारबाही गर्छन् । मेरो देश साच्चै स्वर्ग जस्तै भएको छ ।
म भोलीको लागि नयाँ योजना कापीमा लेख्दै थिएँ । ‘मामु ! उठ्नु न हजुरको मर्निङवाकको टाईम भो । आज जाने होईन ?’

वि.सं.२०७८ असार ५ शनिवार ०९:०५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...