back
CTIZAN AD

शिक्षाविद् लामिछाने भन्छन् – बालबालिकालाई व्यवहार र अनुशासन सिकाउन पिटपाट गर्दै नगरौँ

वि.सं.२०७८ असार ६ आइतवार

2K 

shares

६ असार, काठमाडौँ । शिक्षाविद् मेदिन लामिछानेले बालबालिकाको हुकाई, बढाई र पढाईका सन्दर्भमा उपयोगी जानकारीहरु सामाजिक सञ्जालमार्फत राख्दै आएका छन् ।

युलेन्स स्कुलका प्रिन्सिपलसमेत रहेका लामिछाने बालबालिकाको पहिलो पाठशाला घर भएकाले अभिभावकको सबैभन्दा महत्वपूर्ण भूमिका हुने बताउँछन् ।

आमाबाबुको सम्बन्धले केटाकेटीको हुर्काइमा गहिरो प्रभाव पार्छ। केटाकेटीले आमाबाबुको गतिविधिबाट धेरै कुरा सिक्छन्। आमाबाबुले झगडा गरे उनीहरूले पनि झगडा गर्न सिक्छन्। ठूलाको सम्मान गरे ठूलालाई सम्मान गर्न सिक्छन्। सानालाई माया गरे सानालाई माया गर्न सिक्छन्। सिक्नको लागि घर पहिलो स्कुल हो। हाम्रो घरको वातावरण, उनीहरुलाई गर्ने व्यवहारबाटै उनीहरुले सिक्ने हुँदो अभिभावकले धेरै कुरामा ध्यान दिनुपर्ने उनको भनाई छ ।

बालबालिकाप्रति अभिभावकले गर्नुपर्ने व्यवहार बारे यस्तो छ शिक्षाविद् लामिछानेको टिप्स :

नानी-बाबुको सिकाइ र हुर्काइमा जिन पियाजे (Jean Piaget) को कुरा :
क) सुनेर भन्दा गरेर सिक्छन।
ख) सिकाइमा अन्तिम परिणाम भन्दा महत्वपूर्ण कुरा सिक्ने प्रकृया हो।
ग) सीप सिक्न उनीहरू तयार हुनुपर्छ। घ) उनीहरूले शिक्षक र अभिभावकबाट जति सिक्न सक्छन, त्यो भन्दा बढि साथीसँग सिक्छन।

कुरा सुनाैँ :
असल अभिभावक बन्ने हो भने नानीबाबुलाई जुन सुकै कुरामा पनि सोच्ने मौका दिनुपर्छ। उनीहरूको सोच, विचार र निर्णयको सम्मान गर्नुपर्छ। हामीले भनेको उनीहरूले सुनिदिउन भन्ने चाहना राख्ने हो भने उनीहरूले भनेको हामीले पनि सुनिदिऔँ। उनीहरूसँग घरी एउटा घरी अर्को व्यवहार (मौसमी व्यवहार)नगरौँ।

शारिरीक दण्ड नदिऔँ:
कहिलेकाहिँ अभिभावकहरूले नानी-बाबुलाई व्यवहार र अनुशासन सिकाउन पिट(पाट गर्छन्। शारिरीक दण्ड दिन्छन्। यसो नगरौँ। शारिरीक दण्डले केटाकेटी सुधार्दैन। अभिभावकको काम भनेको सिकाउने हो, दण्ड दिने होइन। उनीहरूलाई शारिरीक दण्ड दिँदा रिस लुकाउँछन्। अभिभावक प्रति अनादार भाव राख्छन्। विचार गरौँ।

सजाय दिएर(पिडा दिएर, होच्याएर, गालि गरेर) अनुशासन सिकाउने शैली राम्रो होइन। सजाय दिएर व्यवहार सिकाउँन सकिँदैन। सिक्नु पर्नेले पनि सिक्दैनन्। सजाय दिएर अनुशासन सिकाइयो भने उनीहरूको संवेग कमजोर हुन्छ, आमाबाबु प्रति नकारात्मक हुन्छन् र बयस्क भएपछि आफु पनि त्यस्तै व्यवहार गर्छन्।

राम्रो मुखले कुरा गरौँ :
नानी-बाबु रिसाउँदा उनीहरूलाई सुधार्न हामी पनि रिसाउँछौँ। यसो नगरौँ। यस्तो अवस्थामा उनीहरूको दिमागको सोच्ने भाग निष्कृय हुन्छ। हाम्रो अस्विकार्य व्यवहारले उनीहरूको अस्विकार्य व्यवहार सुधार्न सक्दैन। जस्तालाई तस्तै, ठाउँका ठाउँ सुधार्न पनि नखोजौँ। एक छिन पर्खौँ। राम्रो मुखले कुरा गरौँ।

नानी-बाबु रिसाउँदा हामीले बुझ्नु पर्ने कुरा :
क) उनीहरूको कुरा हामीलाई सानो लाग्ला तर रिसाएको बेला उनीहरूको लागि त्यो नै सबै चिज हो।
ख) उनीहरू रिसाउँदा नएक्ल्याऔँ। बाहिर नपठाऔँ। बरु कुरा गरौँ।
ग) उनीहरू रिसाउँदा प्रतिकृया नजनाऔँ।कुरा सुनौँ।
घ) रिसाउनु नराम्रो होइन भन्ने बुझौँ।

चर्को स्वरले नबाेलौंँ :
नानी-बाबु हुर्काउँदा ‘दोष लगाउने’ भाषा होइन’ व्यवहार स्विकार्ने  ‘भाषा बोलौँ। जस्तै : मलाई रिस नउठाउ: तिमीले मलाई माया नै गर्दैनौ : चर्को स्वरले नबोल’ नभनौँ। यी वाक्यको सट्टामा ‘मलाई नराम्रो लाग्योस मलाई तिमी देखि टाढा भएको महसुस भयो : चर्को स्वरले बोल्यौ भने म ध्यान दिन सक्दिन’ भनौँ।

धेरै नानीबाबुलाई ‘मैले भनेको र गरेको मिल्दैन होला। गल्ती हुन्छ होला। अरू मान्छे मैले सोधेको र गरेको र भनेको कुरामा हाँस्छन् होला’  भन्ने सोचले गाँजेको हुन्छ। नानी-बाबुलाई यही सोचले हो पछि पार्ने। उनीहरूमा ‘कोशिस गर्छु। गल्ती भए सिकिन्छ। लाजले सिकाइमा तगारो हाल्छू भन्ने सोच बिकास गराऔँ।

नानी-बाबुले गर्न सक्ने काम गर्न नदिनु ‘पुल्पुल्याउनु’ हो। माया गर्ने नाममा पुल्पुल्याएर गल्ती नगरौँ। सक्ने काम गर्न दिऔँ।पुल्पुल्याएर हुर्काइएका नानीबाबुमा सबै काम अरूले गरिदिन्छन् भन्ने सोच हावि हुन्छ।’म गर्न सक्छु’ भन्ने सोच बिकास गराऔँ।यो नै हामीले उनीहरूलाई दिने उत्तम उपहार हो।

नानी-बाबुको संवेगात्मक बिकास :
उनीहरुलाई मनमा लागेको कुरा सजिलै व्यक्त गर्नसक्ने बातावरण सिर्जना गरौँ। उनीहरुले धक र लाज माने संवेगात्मक बिकासमा अबरोध ल्याउँछ। हरेक भावनालाई शब्दमा व्यक्त गर्न सिकाऔँ। उनीहरुले भावना व्यक्त गर्दा स्विकार गरौँ र ‘म तिम्रो साथमा छु’ भन्ने सन्देश दिऔँ।

हुर्काइ गुनाको सिकाइ :
भान्सामा खाना पकाउँदै गर्दा श्रीमानरश्रीमतिले कोठामा पसेर ‘खै चिया खाउँन भन्दा’आफ्नो हात छैन र बनाउन ‘नभनिू म खाना पकाउँदै छु’ भनौँ। हाम्रो व्यवहार जस्तो देख्छन्, नानी-बाबुले त्यस्तै सिक्छन्। पहिलो जबाफले नकारात्मक मनोवृत्ति बिकास गराउँछ भने दोश्रोले तार्कीक सोच।

नानीबाबुसँग बोल्ने तरिका :
क)उनीहरूसँग कुरागर्दा जहिल्यै शान्तपुर्वक(Calmly),,दृढतापूर्वक (Firmly) र मायालुपाराले (Warmly)बोलौँ।
ख) उनीहरू जहिल्यै ब्ल्याक एण्ड (Black and white)मा सोच्ने हुनाले बुझ्ने भाषामा कुरा गरौँ।जस्तै : खाटमा उफ्रे ‘खाट खेल्न होइन सुत्न बनाएको हो’ भनौँ।

आफ्नो नानी-बाबुको उपस्थितीलाई महत्व दिन :
क) घरायसी काम र कुरामा उनीहरूको पनि विचार लिगौँ।
ख) उनीहरूको काम र पढाइमा नियमित चासो देखाऔँ।
ग) केही खाँदा र केही गर्दा उनीहरूलाई पर्खौँ। उनीहरू आएपछि खाऔँ अनि गरौँ।
घ) चाडपर्व मनाउँदा के खानेरु कसलाई बोलाउनेरु उनीहरूलाई पनि सोधौँ।

नानी-बाबुले केही चिज किन्न अनुरोध गर्दा ‘मसँग पैसा छैन। म किन्न सक्दिन’ नभनौँ। उनीहरूले संबेगात्मक रुपमा असुरक्षित महसुस गर्छन्।नकारात्मक सन्देश बोक्छन्।’अहिले त्यो नकिनौँ।हामीले अरू कुनै चिज किन्नु छ’ भनौँ। यसले उनीहरूमा कसरी बजेट बनाउने र व्यवस्थापन गर्ने भन्ने सोच बिकास गराउँछ।

कुनै नानी-बाबुलाई पढ्ने भने पछि ज्वरो आउँछ। उनीहरूमा पढ्ने बानिको बिकास गराउन हरेक दिन कम्तिमा १५ मिनेट ‘सबै काम छाडेर पढने’ ” (Drop everything and read) समय निकालौँ। थोरै पृष्ठई र बढि चित्र भएको किताबबाट शुरू गरौँ। उमेर अनुसारको किताब छानौँ। उनीहरूको रूचिलाई पढ्ने पुस्तकसँग जोडौँ।

 

वि.सं.२०७८ असार ६ आइतवार १०:२० मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...