back

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

वि.सं.२०७८ असार १६ बुधवार

435 

shares
GLOBAL IME AD
NTC AD

१६ असार, काठमाडौं । साताको चौथो दिन बुधबार सेयरकारोबार मापक नेप्सेमा सामान्य गिरावट आएको छ । आज नेप्से ४ दशमलब १३ बिन्दुले घटेर २ हजार ८ सय २३ दशमलब ८८ बिन्दुमा कायम भएको छ ।

आज ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ ईन्डेक्स पनि ० दशमलब ८८ अंकले घटेर ५ सय २२ दशमलब ८३ बिन्दुमा कायम भएको छ ।

नेप्से घटेसँगै करोबार रकममा पनि उल्लेख्य कमी आएको छ ।

बुधबार कूल सूचिकृतमध्ये २२० कम्पनीका करिब ५ करोड ८५ लाख मूल्य बराबरका १ लाख ६२ हजार कित्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ७५ कम्पनीको कारोबार उकालो लागेको छ भने ९५ कम्पनीको घटेको छ । त्यस्तै १३ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

आज सबैभन्दा बढी पोखरा फाईनान्सले कमायो भने एचआईडिसिएलले सबैभन्दा बढी गुमायो । त्यस्तै नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ ।

 

Symbol Current Chng Chng %
1,919.92 -4.08 -0.21
4,206.45 138.28 3.40
2,163.02 118.57 5.80
3,516.53 -51.79 -1.45
2,818.72 4.67 0.17
106.96 -1.30 -1.20
17,061.01 -111.39 -0.65
5,961.75 55.30 0.94
5,169.21 -48.36 -0.93
15.24 -0.09 -0.62
14,134.51 0.93 0.01
2,155.50 18.31 0.86
3,662.91 -25.76 -0.70

 

४७ अकंले घट्यो नेप्से, अधिकाशं कम्पनीको सूचक राताम्मे

वि.सं.२०७८ असार १६ बुधवार १५:३८ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँडको मिति...

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ आजदेखि...

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि...

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडेको आजदेखि सर्वसाधारणका लागि...

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

काठमाडौँ । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल...