back
CTIZAN AD

कविता: अकबरे

वि.सं.२०७८ असार १९ शनिवार

726 

shares

खुर्सानीको एक जात अकबरे नाम,
डल्लो रातो चिल्लो पिरो मसलाको काम,
पूर्वी जिल्ला इलामको पहिचान थियो,
फैलिएर नेपालको कुनाकाप्चा पुग्यो ।

बोट यस्को सानो हुन्छ त्यति ठूलो हुन्न,
खेती गर्न सजिलै छ त्यति गा¥हो छैन,
थोरैले नै पुग्ने भए गमलामा रोप्नु,
व्यापारीक सोच भए खेतबारीमा लाउनु ।

बजारको खाँचो छैन उब्जाएमा पुग्छ ,
घरमै आई व्यापारीले उठाएर लग्छ,
स्वदेशमा मात्र नभै बिदेशमा माग,
चारैतिर अत्यधिक बढेको छ साख ।

मलजल हेरचाह गर्न सक्नु पर्छ,
दोर्याएर अर्को बर्ष फल दिने गर्छ,
पिरो यस्को बिशेषता गुणकारि पनि,
यस्को खेती गर्नेहरु बनेका छन् धनी ।

सुकाएर धुलो पारी राखेपनि हुने,
आफन्तले खुसी भई कोसेलीमा लाने,
पारखीले सिङ्गै दाना मिठो अचार पार्ने,
बोतलमा प्याक गरि झिक्दै खाँदै गर्ने ।

मिलाएमा अकबरे तरकारी मीठो,
चटारोमा क्षणभर्मा अचार बन्छ छिटो,
सिलौटोमा लसलस मिसाएर नूनमा,
पिसेपछि लोहोरोले अचार बन्छ छिन् मा ।

ग्याष्टिककका बिरामीले खाए हुन्छ निको,
जानकार त्यसै भन्छन् कुरो चाहि के हो !
अ‍ेोषधीनै भएपनि खान हुन्न धेर,
धेरै खाए चिनी पनि तितो हुन्छ हेर ।

ज्यानमारा पनि भन्छन् यसलाई कतै,
धेरै खाए ज्यानै जाला खतर्नाक छ है,
खुर्सानीको जातमध्ये सबैभन्दा पिरो,
ज्यानमारा भएपनि बनेको छ हिरो ।

ठिक्क खाए लाभदायी धेरै खाए विष,
राते गुण्टे फुच्चे डल्ले यस्को कडा रिस,
बेखबरे कोहि भए अकबरे खास्सा,
माछे भिण्डे लाम्चे जिरे यि सबैका राजा ।

वि.सं.२०७८ असार १९ शनिवार ०७:११ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...