back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ असार १९ शनिवार

663 

shares

१.
कालले नि मर्छ, अनिकालले नि मर्छ ।
यो मान्छे हजुर जुनसुकै हालले नि मर्छ ।
यसरी मर्यो त्यसरी मर्यो भन्ने बहाना हो,
मिति पुग्यो कि, आफ्नै तालले नि मर्छ ।
२.
असारे झरिले घरगोठमा गिलो लागेको छ ।
खेतबारी अनि बाटोभरी हिलो लागेको छ ।
किसानलाई धान रोप्न भएको छ चटारो,
यस्तै बेला देशलाई हजुर पिलो लागेको छ ।
३.
मान्छे जस्तो भएनी देख्दा असल हुनुपर्छ ।
ठुल्ठुला महल, गाडी अनि पसल हुनुपर्छ ।
आजकाल सोझोलाइ टेरेको छ पो कसले,
ए ! हजुर जगल्टे, गुन्द्रेमुन्द्रे र मसल हुनुपर्छ ।
४.
सुख आ–आफ्नै, दुःख उस्तै हुन्छ ।
संसारमा सबैको भुख उस्तै हुन्छ ।
ए ! हजुर मुहारमात्र पो फरक हो,
खञ्चुवाको खानेमुख उस्तै हुन्छ ।
५.
संसार भरि धुलो जहाँ पनि हुन्छ ।
नदी, खोला र कुलो जहाँ पनि हुन्छ ।
कोहि अबसर खोज्छ, कोहि दाउँ,
माछा खाने बकुलो जहाँ पनि हुन्छ ।

 

वि.सं.२०७८ असार १९ शनिवार ०७:२० मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...