back
CTIZAN AD

कविताः समस्या

वि.सं.२०७८ असार १९ शनिवार

915 

shares

बताऊँ समस्या समाधान हुन्नन्
यहाँ बालबच्चा गरा खेत छुन्नन्
कता पोखिँदै छन् भरोसा युवाका
बने व्यर्थ थोत्रा इशारा बुवाका ।१।

कतै विघ्न वर्षा कतै छन् खडेरी
भयो झन् अँध्यारो रुदैछन् मझेरी
युवा देश छाडी कतै दूर बस्छन्
सह्मालेर बस्ने यहाँ वृद्ध हुन्छन् ।२।

सुकेको छ धेरै गरा वर्ष देखि
लुकेको छ पीडा म बस्दै छु लेखी
थिए रीत हाम्रा सबैमा समान
अरूको र आफ्नो हिया एक मान ।३।

अहिंशा थियो एक यो मन्त्र जस्तै
सदाचार बाँड्थे अरूमा दुरुस्तै
सबैले भुलेछन् हिँजोका कहानी
दिए रक्तको दान आयो बिहानी ।४।

सबैले पिताका भुले सत्य यस्तो
हिँडे गाउँ छाडी भयो देश रित्तो
रहे झेल्नलाई समस्या यताका
रुँदै वृद्ध वृद्धा कठै वेदनामा ।५।

छन्दः भुजङ्गप्रयात

वि.सं.२०७८ असार १९ शनिवार ०७:२१ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...