back
CTIZAN AD

कविता: भ्रम र एउटा बिहान

वि.सं.२०७८ असार १९ शनिवार

1.2K 

shares

एउटा घाम झुल्किँदै गरेको
बिहानीको आकाश हेरेर
भाग्योदय भएको भ्रममा
उदाएका छौं हामी ।
हामी
एउटा निष्पट अँध्यारो जस्तै
केही बाँच्दैछौं !
(यसरी बाँच्न वाध्य बनाइएको भन्दा हुन्छ । )
एउटा अनिश्चित आकाश ओढ़ेर
नौलो बिहानीको भ्रममा
असम्भावनाको घाम ताप्दैछौं ।

वास्तवमा निष्पट अँध्यारोले
चिथोरिएका छन् हाम्रा आँखाहरू ।
आकाशको नीरवतामा
घाम लागेको भ्रममा
आशाका थाङ्ना-भोगटाहरू
थुपारेका छौं
आँगनमा सुकाउनलाई ।

हाम्रो आकाशमा
नौलो बिहानीको घाम लाग्नु भनेको
एउटा तुफानले बढ़ारेर
दिउँसै रात पार्ने
कालो बादल पन्साउनु हो ।

नयाँ घाम जन्माउनलाई
आकाशलाई गर्भाधान गराउन
कहीँ त एउटा मसीह
जन्मिएको हुनैपर्ने हो –
यो औंसीलाई अँगालेर
कहिलेसम्म बस्नु पर्ने हामी
-यो प्रश्न त
हामी सबैको अघि
उभिरहेकै छ नि !

 

वि.सं.२०७८ असार १९ शनिवार ०७:२३ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...