back
CTIZAN AD

पार्देद्वारा एनआरएनए पोल्याण्डको अध्यक्षमा उम्मेदवारी

वि.सं.२०७८ असार २८ सोमवार

1K 

shares

२८ असार । पानी अभियन्ताका नामले चर्चामा आएका मित्रलाल पार्देले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्(एनआरएनए एनसीसी) पोल्याण्डको अध्यक्ष पदमा उम्मेदवार दिएका छन् ।

एनआरएनए पोल्याण्डकाे संस्थापक महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष समेत रहेका पार्दे लामो समयदेखि पोल्याण्डमा रहँदै आएका छन । उनले आफ्ना प्रतिबद्धता र योजना सार्वजनिक गर्दै आधिकारिक रुपमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै पार्दैले भनेका छन् :

आदरणीय पोल्यान्डबासी आमा वुवा, दाजु भाई, दिदी बहिनीहरूमा नमस्कार,
यहाँहरु समक्ष NRNA पोल्यान्ड को २०२१(२०२३ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी गराउँन चाहन्छु।

विश्वभरका अधिकांश गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरु अधिवेशनको तयारीमा जुटेका छन् । बिश्वभरका गैर आवासीय नेपालीहरु यो अभियानमा सहभागी हुने क्रम दिन प्रतिदिन बढेको छ र खुशिको कुरो पनि हो । सोहि सवालमा शुभ चिन्तकहरुले मेरो उम्मेदवारी परेको नपरेको जानकारी सार्वजनिक नभएकोमा दुस्खेसो पोख्नु स्वभावै हो। त्यो दुखेसोलाई सम्बोधन गर्दै आज साढे ११ बजे आधिकारिक रुपमा अध्यक्ष पदको उम्मेदवारी दिएको छु ।
हाम्रा प्रतिबद्धताहरु
घोसणा पत्र
?️सस्थाको वेबसाइट संचालन :
( स्थापना काल देखि हाल सम्मका पदाधिकारीको फोटो सहित
नामावली र योगदान राखिने।
(गैर आवाशिय नेपाली संघ पोल्यान्डका पन्जिकृत सदस्यको
नामावली प्रकाशन गरिने।
– NRNA पोल्यान्डले गरेका कार्यसम्पादन र सो निर्णयहरु वेबसाइटमा सुसूचित गर्ने अभियान सुरु गर्ने,
– नेपाली हरुलाई पोल्यान्डको आवश्यक श्रम संबन्धी कानुनी परामर्शका बिषयबस्तुलाई नेपाली भाषामा राखिने।
?️NRNA बिधान संशोधन समिती निर्माण गरिने :
– हालको बिधानले महिलाहरुको उपस्थित लाई बन्चित गरेको हुदा महिला उपाध्यक्ष १ र महिला सदस्य २ जना अनिबार्य राखिने प्राबधान अघि सार्ने
-पोल्यान्डका विभिन्न सहर जहाँ नेपालिको बाहुल्यता वढी छ त्यहा क्षेत्रीय समिती निर्माण गरिने।
– आजको बर्तमान अवस्थामा देखिएको अधिबेशन मिति बिधानत : प्रत्येक सार्बजनिक बिदा वा छुट्टिको समयमा राख्ने ठोस एजेन्डा अघि सार्ने।
– हाल पोलिस भाषामा रहेको बिधानलाई नेपाली र अङ्ग्रेजी भाषामा उल्था गरि सस्थाको आधिकारिक वेबसाइट र आधिकारिक फेसबुक पेज मार्फत सार्बजनिक गरिने।
?️पोल्यान्डमा रहेका नेपालीको तथ्याङ्क संकलन गरिने।
-पोल्यान्ड मा हाल सम्म कुनै राजदुतावास छैन र पोल्यान्ड मा आजको समयमा कति नेपाली ले काम गर्छ्न भन्ने एकिन तथ्यांक नभएको हुदा नेपालीको तथ्यांक संकलन अबिलम्ब सुरु गर्ने।
?️स्वास्थ्य परामर्श कार्यक्रम :
-हामिसङ्ग पोल्यान्डमै कार्यरत नेपाली डाक्टरहरु हरु हुनुहुन्छ उहाहरुको विशेष उपस्थिति मा पोल्यान्ड का विभिन्न सहरहरूमा स्वास्थ्य जाझ, स्वास्थ्य शिवीर र नेपालीलाई परेको स्वास्थ्य संबन्धी समस्या बारे छलफल , परामर्ध र अन्तरक्रिया गरिने।
?️बालबालिका ,युवा र महिला ससक्तिकरण अभियान सुरु गर्ने:
-पोल्यान्डमा जन्मिएका र यहाँ आएका नेपाली बालबालिका लाई नेपाली भासा, साहित्य र नेपाल बारे जानकारी मुलक शिक्षा सुचारु गर्ने, महिला दिदी बहिनी लाई ससक्तिकरणका लागि प्रशिक्षण सुचारु गर्ने, महिला सेवा र सुरक्षा का बिसयमा पोल्यान्ड सरकारले अघि सारेका नीति नियम बारे जानकारी दिने र आवाश्यकिए सुचना प्रदान गरिने।
?️सकारात्मक सोच समूहको बिज्ञ समूह गठन गरिने:
-पोल्यान्डमा भएका नेपालिहरुको समस्या समाधान गर्न, पोल्यान्डमा विभिन्न क्षेत्र, पेशा र बिध्यार्थी हरुको बौद्धिक समूह निर्माण गरिने जस्ले पोल्यान्ड र नेपाल्मा भैपरी आउने बिपद ब्यबस्थापनको बिषयमा उच्चस्तरीय समूह निर्माण गर्ने साथै समयानुकूल विभिन्न पेसा, कानुन महिला र अधिकार का लागि सम्मेलन सेमिनार र गोस्ठी निर्माण गरिने।
?️नेपाली रितिरिवाज र सस्कृतीलाई पोलिस नागरिक संग साटासाट गरिने :
– हाल सम्म NRNA पोल्यान्डले गरेका कार्यक्रम एउटा बन्द कोठामा सिमित भएको छ, हामिले काम गर्ने कम्पनिका अधिकांस पोलिस मित्रहरुले नेपाल कहाँ पर्छ भनेर सोध्छन  । अत : हाम्रो वीर गाथा हाम्रो बहुल भाषा धर्म सस्कृती र प्राकृतिक सम्पदा पोलिस नागरिकसंग साटासाट गर्ने र उक्त कार्यक्रम खुल्ला मैदान चौरमा सक्ने जति पोलिस र नेपाली नागरिकको बिचमा सम्पन्न गर्दै पोलिस नेपाली बिच बन्धुत्व निर्माण गरिने।
?️NRNA पोल्यान्ड डे (स्थापना दिवस) मनाइने:
-NRNA पोल्यान्डको स्थापना दिवसको अवसर पारेर नेपालिहरु माझ NRNA के हो ? यस्को उद्देश्य मर्म र कर्म बारे नेपालिमाझ जानकारी मुलक तालिम गोष्ठी सम्मेलन सुचारु गर्ने।
?️NRNA को अन्तरास्ट्रिय सम्मेलन वा युरोप क्षेत्रीय सम्मेलन पोल्यान्डमा राख्न पहल गरिने।
?️नेपाली विद्यार्थीलाई मेन स्टृममा अघि सार्न र विद्यार्थीका समस्या समाधान गर्न NRNA विद्यार्थी सेल गठन गरिने।
?️दिर्घकालिन योजना अन्त्तरगत ल्च्ल्ब् पोल्यान्डको आफ्नै भवन निर्माण प्रक्रियाका लागि गुरु योजना अगाडि सारिने।

वि.सं.२०७८ असार २८ सोमवार १९:१९ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...