२ अगस्त, मदागास्कार, अफ्रिका । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति (एनआरएनए) मदागास्करको अध्यक्षमा दान बहादुर थापा निर्बिरोध चयन भएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा सुबाश आले मगर र आङ्ग गेल्जी शेर्पा,महासचिवमा पेम्बा शेर्पा,सचिवमा मन कुमार घर्ती मगर, कोषाध्यक्षमा भरत राज आचार्य,सहकोषाध्यक्षमा गुरुङ्ग दमाई, युवा संयोजकमा हिम बहादुर बूढाथोकी र रमेश राना निर्वाचित भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा राम कुमार राई,मार्क गुरुङ्ग, कर्ण शेर राई,बिर बहादुर मगर,पूर्ण बहादुर खड्का, तेज बहादुर कार्की, चन्द्र बहादुर खड्का, धन राज सावा लिम्बु र बुलन गुरुङ्ग निर्वाचित भएका छन् ।
त्यस्तै समितिको बरिष्ठ सल्लाहाकारमा शिव राज कंडेल, रमेश राई र चन्द्र बहादुर खड्का चयन भएका छन् । संघको बर्षिक साधारणसभाको अनुगमनकर्ता पूर्व अध्यक्ष शिव राज कंडेल रहेका थिए ।
वि.सं.२०७८ साउन १८ सोमवार ०७:४८ मा प्रकाशित





























