back
CTIZAN AD

फोटो सुटको हटस्पट बन्दै महाकालीको पहुँच मार्ग

वि.सं.२०७८ साउन १८ सोमवार

720 

shares

१८ साउन, महेन्द्रनगर । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेको छ ।

भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी क्षेत्रमा पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेको छ । युवापुस्ता दिनभरजसो उक्त सडकमा आउने र फोटो कैद गर्नुका साथै भिडियो र टिकटक बनाउनेको भीडभाड रहने गरेको स्थानीय रामबहादुर देउवाले बताए।

“शनिबार त यहाँ सडकमा घुइँचो नै लागेको हुन्छ”, देउवाले भने, “चिल्लो सडक, छेउमा बग्ने महाकाली र बनिरहेको पुलले सबैलाई आकर्षित गरेको छ ।”

यहाँ फोटो सेसनका लागि दैनिक २०० देखि एक हजार जनासम्म पुग्ने गरेको उनका भनाइ छ । सडक बनेको विभिन्न ठाउँमा युवायुवती समूहमा आएर टिकटक बनाउन निकै व्यस्त देखिन्छन् । पछिल्लो केही समययता सडकमा भीडभाड बढेपछि यहाँ आइसक्रिम, चटपटेलगायत ससाना किराना पसल सञ्चालनमा आएका छन् ।

भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर देउवाले बाटो निर्माण पूरा हुन नपाउँदै युवाहरुको भीडभाड सो क्षेत्रमा बढेको बताए । “बिदाको दिन त यहाँ भीडभाडको सीमा नै रहँदैन”, उनले भने, “सडकमा जथाभावी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने र सामाजिक विकृति फैलिने खालका गतिविधिमाथि स्थानीय प्रशासनलाई निगरानी बढाउन अनुरोध गरिएको छ ।”

उनले पुलसँगै निर्माण हुने चार वटा ठूलो पोखरीसमेत बने सो क्षेत्र पर्यटकीय गन्तव्य हुनेमा विश्वस्त रहेको बताए। “भीडभाड धेरै हुन थालेपछि अब दुई/तीन दिनमा वडामा प्रहरी प्रशासनसित संयुक्त बैठक डाकेर छलफल गर्ने योजना छ”, उनले भने, “अनाश्वयक भीडभाडले दुर्घटनाको जोखिमसमेत बढेको छ ।”

पुलसँगै वारितर्फ गड्डाचौकी र पारि दोधारा–चाँदनीमा डेढ किलोमिटर छ लेनको सडक निमार्णाधीन अवस्थामा रहेको छ । पुल निर्माण कम्पनीका इञ्जिनीयर किशोरराज पाण्डेयले सडकमा बढिरहेको भीडभाडले दुर्घटनाको जोखिम बढेको बताए । “चिल्लो सडक, महाकाली र पुलको मनोरम दृश्यले स्थानीयलाई लोभ्याएकै छ ।”

वि.सं.२०७८ साउन १८ सोमवार १२:४० मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...