back
CTIZAN AD

सिद्धार्थका ग्राहकलाई अर्थोप्लास्ट रिह्याबमा छुट

वि.सं.२०७८ साउन २० बुधवार

651 

shares

२० साउन, काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाइ ललितपुरको अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

बैंकका ग्राहकलाई विभिन्न सेवामा सो मात्राको छुट प्रदान गर्ने सम्बन्धि दुई संस्थाबीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस–कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हरीकुमार तामाङले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब सेन्टर मा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग गरे बापत फिजियोथेरापी सेवाका भुक्तानी शुल्कमा २५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । साथै, ग्राहकले उपत्यका बाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरुमा पनि ग्राहकहरुले छुट पाउने छन् । जस्तै, टुम्लिङटारको मनकामना अस्पताल, चितवनको चितवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, पोखराको पार्कल्याण्ड अस्पताल, बुटवलको नवजिवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर र धनगढीको न्यूरोप्लास्ट फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टरमा उक्त छुट पाउने बैंकले जनाएको छ ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

वि.सं.२०७८ साउन २० बुधवार ०७:१८ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...