back
CTIZAN AD

नेपाल टेलिभिजनको महाप्रबन्धकामा रोका नियुक्त

वि.सं.२०७३ फागुन १० मंगलवार

831 

shares

१० फागुन, काठमाडौँ । सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिनुभयो ।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गर्नुभएका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गर्नुभएको थियो ।

विसं २०५४ सालदेखि विभिन्न सञ्चार माध्यममा सम्बाददाताको रुपमा कार्य गर्नुभएका उहाँले २०६३ सालमा रेडियो नेपालको समाचारमूलक कार्यक्रम घटना र विचारको संयोजक भएर काम गर्नुभएको थियो ।

नेपाल एफएममा समाचार प्रमुखको रुपमा पाँच वर्ष सेवा गर्नुभएका रोकाले मैत्री एफएममा प्रबन्ध निर्देशक भएर काम गर्नुभयो भने रेडियो रानी भेरी एफमको अध्यक्ष भई २०५७ देखि हालसम्म सेवा पु¥याउनुभएको छ । यस्तै प्रदेश एफम एम सुर्खेतको अध्यक्ष, एबिसी टेलिभिजनमा समाचार सम्पादकको रुपमा काम गर्नुभएको छ । प्रसारण पत्रकारितामा स्नातकोत्तर उत्तीर्ण रोका सञ्चार क्षेत्रमा स्थापित व्यक्तित्व हुनुहुन्छ ।

वि.सं.२०७३ फागुन १० मंगलवार ०३:४१ मा प्रकाशित

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि थप आकर्षक प्याकेज...

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै बढ्दै...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...