४ भदौ, कुवेत । कुवेतमा कार्यरत एक नेपाली चेलीले आत्महत्या गरेकी छन् ।
लामो समयदेखि कुवेतमा अवैद्यरुपमा कार्यरत रहेकी मोरङ, बुढी गंगा गाउँपलिका वडा नं ७ (डङ्ग्राहा टोल) बस्ने द्रौपदी चौधरी दुई हप्ता अगाडि आफू काम गर्ने घरमा आत्महत्या गरेकी थिइन् ।
भारतको बाटो हुँदै कुवेत पुगेको खुल्न आएकी उनको शब नेपाल पठाउनका लागि आर्थिक सहयोग गर्न एनआरएनए कुवेतले अपिल गरेको छ ।
‘बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले श्रम नगरी विदेश गएर मृत्यु भएकाहरुको शब नेपाल झिकाउन जिम्मेवार नबन्ने भएको हुँदा उनको शब कुवेतमै अलपत्र पर्ने भएकोले गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतद्धारा उपाध्यक्ष उमेश पुडाशैनीको संयोजकत्वमा गठित ‘आर्थिक राहत संकलन समिति’ द्धारा उनको शब नेपाल पठाउन आवस्यक पर्ने ३८५ कुवेती दिनार कुवेतमा श्रम गरिरहनु भएका दाजु भाइ दिदी बहिनीहरुबाट संकलन गरिने भएको व्यहोरा जानकारी गराउँदै, यहाँहरुको संस्थागत वा व्यक्तिगत रुपमा स्वेच्छाले आर्थिक सहयोग गरिदिनुहुन सबैमा हार्दिक अपिल गरिन्छ ।’ संघका अध्यक्ष रणध्वोज लामा र महासचिव दिल कुमार पाख्रिनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १४:२४ मा प्रकाशित






























