back
CTIZAN AD

गण्डकी प्रदेशमा आज थप ५ कोरोना संक्रमितको मृत्यु, ३०३ संक्रमित

वि.सं.२०७८ भदौ ४ शुक्रवार

639 

shares

४ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शुक्रवार थप ५ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा कास्कीका २ नवलपरासीपूर्वका २ र पर्वतका १ गरी ५ जना रहेका छन् ।

शुक्रवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २२१ पुगेको छ ।

त्यस्तै प्रदेशमा शुक्रवार म्याग्दीमा ७, पर्बतमा ७, गोरखामा ४८, लमजुङमा ४, तनहुँमा ३५, कास्कीमा ११०, वाग्लुङमा १९, स्याङजामा ३६ र नवलपरासीपूर्वमा ३७ जना गरी ३०३ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १५३ जना महिला र १५० जना पुरुष रहेका छन् ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार शुक्रवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा ११० जना रहेका छन् ।

शुक्रवार थपिएका ३०३ जनासँगै प्रदेशमा हालसम्म ७८ हजार १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७१ हजार ३२० जना निको भइसकेका छन् । शुक्रवार ५७७ जना संक्रमणबाट मुक्त भएका हुन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ५,६०४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५२११ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहका निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट थप ५०४ संक्रमित, ३३ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए त ?

वि.सं.२०७८ भदौ ४ शुक्रवार १७:४१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...