back
CTIZAN AD

बाढीपहिरोले सडक अवरुद्ध हुँदा कर्मचारी कार्यालय फर्कन सकेनन्

वि.सं.२०७८ भदौ १४ सोमवार

525 

shares

१४ भदौ, मनाङ । बाढीपहिरोले सडक अवरुद्ध हुँदा कर्मचारी कार्यालय फर्कन सकेका छैनन् ।

बाढीपहिराको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन नसकेका हुन् । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदा तथा काजमा जिल्ला बाहिर गएका कर्मचारी फर्किन नसकेका हुन् । बाढीपहिराले बेँसीशहर–चामे सडक अवरुद्ध छ ।

घरबाट कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “बाढीपहिरा र आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदामा गएका कर्मचारी फर्किनसकेका छैनन् । सबै कर्मचारी घर बिदामा गएका पनि होइनन् । केही कर्मचारी क्रियाकर्म गर्न पनि गएका छन् । मनाङको सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नै सकस भएको छ”, प्रजिअ लामिछानेले भने ।

बेँसीशहर–चामे सडक खण्डको केही भागमा सडकको निसानासमेत बाढीपहिराले बगाएको छ । सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नसकेको सिँचाइ तथा खानेपानी डिभिजन कार्यालय मनाङका प्रमुख ढाकाराम आचार्यले बताए ।

“घर बिदा र कामले जिल्ला बाहिर गएका मनाङका कर्मचारी बाटोका कारण फर्किन नसकेर आधा बाटोमा अलपत्र परेका छन् ”, आचार्यले भने । मनाङका कार्यालय तथा चार पालिकाका कर्मचारी कार्यालयमा फर्किन मुस्किल भएको मनाङ ङिस्याङ गाउँपालिका शिक्षा शाखा प्रमुख बाबुराम गैरेले बताए । “कार्यालयमा आउन नसक्दा न त कार्यालयले सेवा प्रवाह गर्न सकेको छ । नत पालिकाको सेवा सहज रुपमा प्रवाह गर्न सकिएको छ । हिँडेरै आउनसमेत सक्ने अवस्था छैन”, गैरेले भने ।

कार्यालयमा प्रमुख र कर्मचारी पुग्न नसक्दा स्थानीयवासीले सेवा उपभोग गर्न सकेका छैनन् । कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही फर्कन बाध्य भएका छन् । केही लमजुङको बेँसीशहर आएर बसेपनि माथि जान नसकेको बताएका छन् ।

बाढीपहिराका कारण मनाङमा विद्युतु आपूर्ति पूर्ण रुपमा अवरुद्ध छ । राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको केही महिनामा नै बाढीपहिराले विद्युत्का पोल, तार, ट्रान्सफर्मरमा क्षति पुर्याएको छ । बाढीपहिराले विद्युत् आपूर्ति गर्नका लागि मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय र सहकार्यका लागि जिल्लाबाट बाहिर आएको भए पनि फर्कन नसकेर बीचमै रोकिएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले बताए ।

जिल्लाका दैनिक कार्य हुने मालपोत, नापी, घरेलु, वन, खानेपानीलगायतका कार्यालयमा पुग्न सकेका छैनन् । त्यसैगरी जिल्लाका पालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत कार्यालसम्म पुग्न सकेका छैनन् ।

वि.सं.२०७८ भदौ १४ सोमवार १३:०८ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...