back
CTIZAN AD

आँखा प्रतिष्ठानले बुधबारदेखि विस्तारित सेवा शुरु गर्ने

वि.सं.२०७८ भदौ १५ मंगलवार

930 

shares

१५ भदौ, काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानले बुधबारदेखि विस्तारित सेवा शुरु गर्ने भएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानले कोभिड–१९ को महामारी यथावतै रहेको अवस्थामा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि विस्तारित सेवा प्रारम्भ गर्ने भएको हो । हाल बिहान ८ देखि दिउँसो ३ः३० बजेसम्म मात्र नियमित सेवा प्रदान गरिरहेको प्रतिष्ठानले भदौ १६ गतेदेखि साँझ ६ः३० बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।

कार्यालय समयभित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताका कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै विस्तारित सेवा सुरु गर्न लागिएको हो ।

अबदेखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले ८ः०० देखि २ः०० बजेसम्म नाम दर्ता गर्न सक्नेछन् भने विस्तारित सेवा लिन चाहने सेवाग्राहीले दिउँसो ३ः०० देखि साँझ ६ः०० बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा विस्तारित सेवा तथा प्रिमियम सेवामा साधारण आँखा समस्यालगायत आँखाका विभिन्न विधामा उपचार सेवा उपलब्ध छन् ।

रासस

वि.सं.२०७८ भदौ १५ मंगलवार १८:१४ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...