back
CTIZAN AD

गुटबाट माथि उठेर वैचारिक पार्टी निर्माण गर्नु आजको आवश्यकता हो

वि.सं.२०७८ भदौ २० आइतवार

681 

shares

भदौ १८ गते नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत वडा स्तरिय अधिवेशन सहज रुपमा सम्पन्न भएको छ । जसमार्फत हामीले वडा कमिटी निर्माण गर्ने र क्षेत्रिय प्रतिनिधि चयन गर्ने काम सम्पन्न गरेका छौं । वडा अधिवेशनहरु समग्रमा प्रजातान्त्रिक मुल्य र मान्यताबाट सम्पन्न भएका छन् । पार्टीमा नेतृत्वदेखि नै गुटगत अभ्यास भएतापनि कार्यकर्ताहरुले गुटमा विभक्त भएर होइन नेपाली कांग्रेसको कार्यकर्ता भएर आफ्नो अभिमत प्रकट गरेका छन् । पार्टीको आन्तरिक जीवनको नियमित प्रकृयाकै रुपमा हुन लागेको १४ औं महाधिवेशनले नयाँ विचार र नेतृत्वको निर्माण गर्छ । यो महाधिवेशन समाज विज्ञानकै नियम अनुसार थेसिस, एन्टीथेसिस र सेन्थेसिसको माध्यमबाट नै अगाडि बढ्छ र सम्पन्न हुन्छ भन्नेमा हामीले अनुमान गरेका छौं ।

महाधिवेशनमा राजनैतिक वैचारिक पक्ष

०१२ सालमा मात्रै राजनैतिक वैचारिक सुस्पष्टताका साथ नेपाली कांग्रेसको स्थापनमा भएको देखिन्छ । तत्कालिन समयमा प्रजातान्त्रिक समाजवादी विचारले अन्र्तराष्ट्रिय रुपान्तरणकारी आन्दोलनको नेतृत्व गरिराखेको थियो । अहिले पनि नेपाली कांग्रेस सोहि मान्यताको साथ अगाडि बढिरहेको छ । कांग्रेस, कम्युनिष्ट र अन्य सबै राजनैतिक पक्षहरुको सहभागितामा अहिले संविधानमा नै समाजवाद उन्मुख विषयलाई शमावेश गरिएको छ । अबको सन्दर्भमा हामी कोहिपनि सो मान्यताबाट विपरित जान सक्दैनौं । तर यसलाई कसरी व्यवहारिक रुपमा कार्यान्वयन गर्ने भन्ने विषय चाहिँ हाम्रासामु चुनौतिको रुपमा आएको छ । तर प्रजातान्त्रिक समाजवादी विचारमा नेपाली कांग्रेस स्पष्ट रहेको अवस्था छ । मानिसको जन्मजात मानव अधिकार, प्रजातन्त्र र समाजमा पिछडिएका मानिसको उत्थानका विषयलाई प्राथमिकता हुनुपर्ने समाजवादी चिन्तन हामीले राख्दै आएका छौं । फेरी यहिँनेर कार्यान्वयन पक्ष भने फितलो भएको छ ।

बद्लिएको विश्व एवं राष्ट्रिय परिस्थितिलाई हेर्दा हामीले १४ औं महाधिवेशनको प्रक्रियामा वैचारिक बहसलाई पनि जोड दिन जरुरी छ । अहिले हाम्रो बहस व्याक्ति केन्द्रित भएका छन् । कुनै सिद्धान्त वा विचार बिना व्याक्तिलाई समर्थन वा आलोचना गर्ने प्रवृत्ति सम्पुर्ण नेपाली राजनीति र नेपाली कांग्रेसमा झांगिदै गएको छ । हामी राजनीतिकर्मीहरु विचार राजनीति भन्दा पनि व्याक्तिको पछि लाग्ने वातवरण निर्माण भइरहेको छ ।

बद्लिएको विश्व एवं राष्ट्रिय परिस्थितिलाई हेर्दा हामीले १४ औं महाधिवेशनको प्रक्रियामा वैचारिक बहसलाई पनि जोड दिन जरुरी छ । अहिले हाम्रो बहस व्याक्ति केन्द्रित भएका छन् । कुनै सिद्धान्त वा विचार बिना व्याक्तिलाई समर्थन वा आलोचना गर्ने प्रवृत्ति सम्पुर्ण नेपाली राजनीति र नेपाली कांग्रेसमा झांगिदै गएको छ । हामी राजनीतिकर्मीहरु विचार राजनीति भन्दा पनि व्याक्तिको पछि लाग्ने वातवरण निर्माण भइरहेको छ । विशेष गरि कम्युनिष्ट पार्टीहरुले विकास गरेको व्याक्ति केन्द्रित गलत राजनीतिक प्रवृति नेपाली कांग्रेसमा पनि उत्तिकै रुपमा भित्रिन पुगेको छ । राजनीतिको नेतृत्व तहमा रहेकाहरुले नै व्याक्ति विशेषलाई ठिक वा बेठिक भन्दै हिँडेको देखिन्छ । राजनैतिक नेतृत्वले वैचारिक नेतृत्व गर्न नसकेको जस्तो आभास भएको छ । तर सन्निकट भएको हाम्रो यो महाधिवेशनले आगामी राजनैतिक वैचारिक पक्ष र कार्यदिशालाई निर्माण गरेर नेपाली राजनीतिमा देखिएको गलत प्रवृत्तिलाई निरुत्साहित गरि विचार र विधिको राज्यव्यवस्थामा उत्कृतष्ट योगदान पुर्याउनुपर्दछ ।

अहिले जुनसुकै पार्टीको केन्द्रिय तहमा विभिन्न प्रकारका माफिया र नवधनाड्यहरु पुगेर ब्युरोक्र्याट्सलाई खरिद गर्न लालायित देखिएका छन् । जुनसुकै दलको सरकार बनेपनि तिनको प्रभाव कायम हुने जुन परिस्थिति निर्माण भएको छ, यसलाई अब तोड्न जरुरी छ । त्यसप्रकारको अवस्थालाई तोडेर पार्टी निर्माण गर्न सकेमा मात्रै हाम्रा राजनैतिक एवं वैचारिक आदर्श एवं मान्यतालाई हामीले कार्यान्वयन गर्न सक्छौं । यो समस्या नेपाली कांग्रेसको मात्रै नभएर सबै दलमा रहेको समस्या वा राष्ट्रिय राजनैतिक समस्या हो । हाम्रो १४ औं महाधिवेशनले नयाँ नेतृत्व स्थापनाको माध्यमबाट त्यस्तो प्रकारको समस्यालाई तोड्नुपर्दछ ।

नेतृत्व चयन प्रकृया

पार्टीलाई जीवन्त बनाउने एउटा मात्रै नियमित प्रकृया महाधिवेशन हो । त्यसैले महाधिवेशनबाट नेतृत्व चयन प्रकृया अनिवार्य रुपमा प्रजातान्त्रिक मुल्य मान्यताको आधारमा स्पष्ट पारदर्शी ढंगले सम्पन्न हुनुपर्दछ । वडा स्तरका अधिवेशनले गुटबन्दी मानसिकता एवं मानसिकतालाई कमजोर बनाइदिएर कांग्रेस भनेर अगाडि बढ्नुपर्ने कुरालाई स्थापित गरिदिएको छ । यसले बाँकी संगठन तहको अधिवेशनलाई एउटा महत्वपुर्ण एवं सकरात्मक शन्देश दिइसकेको छ ।

अहिले कांग्रेसमा देउवा, कोइराला, बिमलेन्द्र, सिटौला आदि टिमको नाममा गतिविधि भइरहेको छ । यो राम्रो विषय होइन् । किनकी यसले पार्टीमा थप व्यक्तिवादी चरित्र हावी हुनपुग्छ । तर त्यो टिम वा आकांक्षी नेतृत्वले हामीलाई के स्पष्ट पार्नुपर्दछ भने महाधिवेशनको आगामी ४ वर्ष पार्टी सञ्चालन र सत्ता सञ्चालनमा उहाँहरुको विचार/दृष्टिकोण र भिन्न कार्यदिशा के हो ? विचार/दृष्टिकोणको आधारमा जुन प्रक्षेपित विचार/दृष्टिकोण सहि छ त्यसकै आधारमा नेतृत्व चयन गर्ने वातावरण हामीले तयार गर्न जरुरी छ ।

अहिले कांग्रेसमा देउवा, कोइराला, बिमलेन्द्र, सिटौला आदि टिमको नाममा गतिविधि भइरहेको छ । यो राम्रो विषय होइन् । किनकी यसले पार्टीमा थप व्यक्तिवादी चरित्र हावी हुनपुग्छ । तर त्यो टिम वा आकांक्षी नेतृत्वले हामीलाई के स्पष्ट पार्नुपर्दछ भने महाधिवेशनको आगामी ४ वर्ष पार्टी सञ्चालन र सत्ता सञ्चालनमा उहाँहरुको विचार/दृष्टिकोण र भिन्न कार्यदिशा के हो ? विचार/दृष्टिकोणको आधारमा जुन प्रक्षेपित विचार/दृष्टिकोण सहि छ त्यसकै आधारमा नेतृत्व चयन गर्ने वातावरण हामीले तयार गर्न जरुरी छ ।

केहि नेतृत्व वा कार्यकर्ता पंक्तिबाट पनि अलिक छुद्रता स्वरुप कमजोर मानसिकता बोकेर गुट उपगुट बनाएर हिँड्ने गरेको पनि पाइन्छ । वर्तमान परिवेशमा यस प्रकारको गतिविधिलाई स्वभाविक रुपमा पनि लिन सकिन्छ । तर राजनीतिमा यस्तो प्रवृत्ति लामो समयसम्म टिक्दैन् । यो क्षणिक हुन्छ र यसले पार्टीलाई पनि फाइदा पुर्याउँदैन् । नेपाली कांग्रेसमा आवद्ध एउटा जिम्मेवार एवं सक्रिय सदस्यको यतिवेला महत्वपुर्ण जिम्मेवारी थपिएको छ । पार्टीलाई शसक्त बनाउने, आफुले अंगिकार गरेको विचारलाई समर्थन गर्ने र गुटबाट माथि उठेर नेपाली कांग्रेसको जिम्मेवार सदस्यको रुपमा उभिएर भुमिका निर्वाह गर्न जरुरी छ ।

देशमा प्रजातान्त्रिक व्यवस्था र इतिहास निर्माणमा सबैभन्दा मुख्य भुमिका खेल्दै आएको लोकतान्त्रिक पार्टीको महाधिवेशनले नेपाली राष्ट्रिय राजनीतिमा पक्कैपनि तरंग सिर्जना गर्नेछ । किनकी कांग्रेसको मौजुदा संरचना र नेतृत्वमा केहि फेरबदल गर्नेछ । विपी हाम्रो पार्टी तथा नेपाली प्रजातान्त्रिक आन्दोलनको एउटा सर्वमान्य आदर्श व्यक्ति हुनुहुन्छ । महाधिवेशनको सन्दर्भमा उहाँले अगाडि सारेका सिद्धान्त एवं विचारहरुमाथि नयाँ सन्दर्भमा बहस गर्नु सान्दर्भिक देखिन्छ । विपीले अगाडि सार्नुभएको विषयमध्ये एउटा महत्वपुर्ण विषय भनेको राजतन्त्र जरुरी छ र राजतन्त्र भएन भने राष्ट्रियता संकटमा पर्नसक्दछ भन्ने हो । सो विषयलाई नेपाली कांग्रेसले लामो समयसम्म अंगिकार गरेर अगाडि पनि बढ्यो । देशमा अहिले गणतन्त्र आएको छ, हामी गणतन्त्रवादी भएका छौं । त्यो उचित थियो कि थिएन, बहस जरुरी छ । समग्र विश्व २१ औं शताब्दिमा अगाडि बढिरहेको सन्दर्भमा नेपाली कांग्रेसले आफुलाई समयानुकुल परिमार्जित गर्दै नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्दै अगाडि बढ्न जरुरी छ ।

(यो लेख कुराकानीमा आधारित रहेर तयार पारिएको हो ।)

वि.सं.२०७८ भदौ २० आइतवार १०:२३ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...