back
CTIZAN AD

एनआरएनए रोमानियाको अध्यक्षमा खगेन्द्र अधिकारी चयन

वि.सं.२०७८ भदौ २० आइतवार

753 

shares

२० भदौ, बुखारेस्ट, रोमानिया । प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको सातौं राष्ट्रिय महाधिवेशन सफलताका साथ रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रुपमा २९ सदस्यीय नयाँ कार्य समिति २०२१-२०२३ गठन ग¥यो।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका सहसंयोजक शुक्रराज न्यौपानेको पहलमा महाधिबेशन सम्पन्न भएको थियो।

राष्ट्रिय महाधिवेशनले एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेललाई प्रमुख संरक्षकमा, पूर्ब अध्यक्ष आलोक साहलाई संरक्षकमा, सुरेन्द्र गौतमलाई आईसीसी सदस्यमा, डा अमित रिजाललाई सल्लाहकारमा र खगेन्द्र अधिकारीलाई अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ।

अधिवेशन रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको अध्यक्षतामा बुखारेस्ट स्थित नेपाली एभरेष्ट रेष्टुरेण्टमा सम्पन्न भएको थियो। समारोहको अन्त्यमा रेष्टुरेण्टका सञ्चालक तथा निर्बिरोध चयन भएको आईसीसी सदस्य सुरेन्द्र गौतमले एभरेष्ट रेष्टुरेण्टका तर्फबाट सम्पूर्ण सहभागीहरूलाई निस्शुल्क जलपान तथा नेपाली संस्कृति र परम्परा अनुसार तयार गरिएका नेपाली परिकार र नेपाली खानाको ब्यबस्था गरेका थिए ।

यस्तो छ नयाँ कार्यसमिति

प्रमुख संरक्षक : नवराज पोखरेल
संरक्षक : आलोक साह
सल्लाहकार : डा अमित रिजाल
आईसीसी सदस्य : सुरेन्द्र गौतम
अध्यक्ष : खगेन्द्र अधिकारी
बरिष्ठ उपाध्यक्ष : ल्हाक्पा तेन्जी लामा शेर्पा
उपाध्यक्ष : गोपाल खड्का
महासचिव : फुर्साङ लामा
सचिव : प्रकाश चन्द
कोषाध्यक्ष : बिजय कुँवर
सहकोषाध्यक्ष : सन्दिप शाह
युवा प्रतिनिधि : सबिन आचार्य
प्रवक्ता : युवराज लामिछाने
महिला प्रतिनिधि : शोभा मानन्धर

वि.सं.२०७८ भदौ २० आइतवार ०८:५० मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...