भूलहरू हुनसक्छ अतीतमा
अन्जानमा कतै
भुली त्यसलाई आज
भक्ति रहोस् भगवानमा सधैँ ।
नगुमाऊँ जिन्दगी व्यर्थै
बुझौं बरू लीला अपार
अति कठिन छ यो जीवन
पाइँदैन यो बारम्बार ।
शुद्ध प्रज्ञाको चक्षुले हेरौँ
आज पनि पवित्र छ धरणी
बुद्ध–चरणधुलि परेको यो भूमिमा
सहस्र छन् अमर निशानी ।
सपूत हौं हामी शाक्य पनि
वंशमा नगरौं केही बेइमानी
बुझौं न बुद्धको प्रेमलाई
कदापि नबनौं अभिमानी ।
गरौं जगेरा आफ्नो धर्म–संस्कृतिको
नगरौं परवाह नश्वर शरीरको
गरौं दुःख, बनाऊँ महल
पवित्र धर्म-बिहारको ।
यही नै हो कर्तव्य हाम्रो सधैँ
एक साँचो बौद्धको
भूली सबै व्यर्थको कुरा
भक्ति रहोस् भगवान् बुद्धमा सधैँ ।
वि.सं.२०७८ असोज ९ शनिवार ०७:५० मा प्रकाशित






























