back
CTIZAN AD

केही छेस्का

वि.सं.२०७८ असोज ९ शनिवार

600 

shares


माकुरी जाल,
यौटाको मस्ती
अर्काको काल !


देखिन्छ मित्र,
करौंती रेट्छ
उ भित्रभित्र !


मन्दिर कथा,
पण्डाको मस्ती
भोकै देवता !


भयो नजाती,
अचानोजस्तै
चिरियो छाती !


कोईली जन्म्यो
आफ्नो गुंडमा,
काग जिल्लियो !


पोगटो धान,
अन्न विनाको
भो संविधान !


मात्रै भाषण,
बढ्यो विकृति
खै, सुशासन !!


यो कस्तो दाउ,
स्वार्थका लागि
गधा नै बाउ !


सबैका दाउ,
नछाडौं केही
लुटेरै खाउँ !

१०
जाली छन् पूरा,
बोलीले राम
गोजीमा छुरा !

वि.सं.२०७८ असोज ९ शनिवार ०७:५२ मा प्रकाशित

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...