म घरमा थिए जिन्दगी भने सफरमा थियोे
त्यो फूल गुच्छा मेरो हैन उसैको रहरमा थियो
केहि माग्यो दिलले दिमाग सँग बिद्रोह गरेर
जुन कुरा अन्त कतै थिएन मेरै घरमा थियोे
म नारी भएकै कारण भाग्यले यसरी ठग्यो
जस्तो पिपलमा थिएन जटा लहरा बरमा थियो
त्यो माझीलाई त्रिशुलीले कसरी बगाएछ हँ ?
पौडन नसक्ने डुङ्गा भने त्यहि बगरमा थियो
बुझ्ने हो भने आफै भित्र हुन्छ आफ्नो दुस्मन
हेर्नुस् काडा पनि त गुलावको अधरमा थियो ।
वि.सं.२०७८ असोज ९ शनिवार ०७:५५ मा प्रकाशित






























