कम्पाला । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार युगान्डाको राजधानीमा भएको आत्मघाती आक्रमणको निन्दा गरेका छन् ।
जसमा तीन आत्मघाती हमलाकारीसहित छ जनाको ज्यान गएको थियो । म युगान्डामा भएको घृणित आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछु। म पीडितका परिवारप्रति समवेदना प्रकट गर्दछु र घाइतेहरूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु, गुटेरेसले ट्वीटमा लेखेका छन ।
उनले थप टिप्पणी गर्दै यी आक्रमणमा संलग्न सबै व्यक्तिहरूलाई तुरुन्तै न्यायको दायरामा ल्याउनु पर्ने धारणा राखेका छन् । युगान्डा प्रहरीले जनाएअनुसार मङ्गलबार बिहान एउटा प्रहरी चौकीको सुरक्षास्थल र सरकारी कार्यालयहरू भएको सडकमा भएका दुई विष्फोटमा पनि ३३ जना घाइते भएका छन् । युगान्डाले मध्य अफ्रिकामा इस्लामिक स्टेटसँग सम्बद्ध सहयोगी प्रजातान्त्रिक बलहरूलाई आक्रमणको दोष लगाएको छ।
रासस
वि.सं.२०७८ मंसिर २ बिहीवार ०९:०७ मा प्रकाशित






























