८ मंसिर, काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड आफ्नो १३ औं वार्षिक साधारणसभा मंसिर २९ गते गर्ने भएको छ । बैंकले महाराजा रिसोर्ट प्रा.लि., बुटवल उपमहानगरपालिका ११, रुपन्देहीमा आफ्नो १३ औं वार्षिक साधारण बोलाएको हो ।
सभाले सेयरधनीलाई चुक्ता पुँजीको १०.९३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १७ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७८ मंसिर ८ बुधवार १३:४२ मा प्रकाशित





























