प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेले नेपाली दूतावास डेनमार्कको समन्वयमा नर्वेस्थित बिभिन्न नेपाली संघरसंस्थाका प्रतिनिधिहरूबिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नोभेम्बर २२ मा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली दूतावास डेनमार्कका तर्फबाट कार्यबाहक राजदूत तीर्थ अर्याल, केशब राज पन्थी (तृतीयसचिब), एनआरएनए नर्वेका पदाधिकारीका साथै बिभिन्न संघ\संस्थाका प्रतिनिधिहरूको सहभागितामा अनलाईन माध्यमद्वारासम्पन्न गरिएको थियो ।
कार्यक्रममा नेपाली दूतबास डेनमार्कका तर्फबाट कार्यबाहक राजदूत तीर्थ अर्यालले जनतामा दिने सेवा सुबिधा लगायत सरकारद्वारा हालै जारी भएको ई–पासपोर्ट (बिधुतीय) पासपोर्टको बारेमा जानकारी गराएका थिए भने सचिव केशव राज पन्थीले आर्थिक विषय सम्बंधित जानकारी गराएका थिए ।
सोहि अवसरमा दूतबासमार्फत गर्दै आएका प्रमुख पाँच शीर्षकमाथि ब्यापक छलफल पश्चात कन्सुलर सेवा अन्तर्गत बिदेशस्थित नेपालीहरूको हकहित र संरक्षण,सम्झौता, मेलमिलाप, मूल्यांकन र नेपाल सरकारलाई गरिने रिपोर्टिंङको बारेमा पनि अवगत गराएका थिए ।

सोहि क्रममा नेपाली मूलका बिदेशी नागरिकको नेपालको पैतृक सम्पति, गैरआवासीय नेपालीहरूको हकहितमा आकर्षण हुने प्रचलित कानून र राजदूतवासबाट जारी हुने १० बर्षे कार्ड, गैरआवासीय नेपाली पासपोर्टको आवेदन र महत्वको बारेमा अन्तरक्रिया गरिएको थियो ।
दूताबासमार्फत् नेपालको हकहितमा गरिने प्रमुख पाँच शीर्षक मध्ये आर्थिक बिकास, ब्यापार, बैदेशिक रोजगार, पर्यटन प्रबर्धन, बैदेशिक लगानी र बैदेशिक सहायता लगायत बिबिध बिषयमा छलफल र अन्तरक्रिया गरिएको थियो ।
त्यसैगरी दूतावासमार्फत दिदै आएका टेलिफाेन सेवा,राहदानी आवेदन प्रक्रिया, कागजात प्रमाणीकरण वेब पेज, ईमेल पत्रचार र घुम्ती सेवा आयोजना जस्ता अत्यन्त महत्वपूर्ण बिषयमा समेत छलफल भएको थियो । साथै भियाना कन्भेन्सन अन्तराष्ट्रिय कानून (Vienna Convention law 1969 ) का बिभिन्न शीर्षकमा पनि ब्यापक छलफल र जानकारी गराइएको थियो ।

संघका महासचिव बिष्णु गौतमको संचालन रहेको उक्त कार्यक्रमको अन्त्यमा अध्यक्ष जीवन बहादुर शाहीले सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा यसरी नै सहयोग र साथको अपेक्षा गरेको बताएका थिए ।
वि.सं.२०७८ मंसिर ८ बुधवार १३:५४ मा प्रकाशित






























