काठमाडौं । यो साताको सुरुवातीदेखि नै सुनको भाउमा निरन्तर गिरावट आएको छ । मंगलबार एकैदिन १६ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि ५०० रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनेको भाउ बुधबारको बजारमा भने ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आजको मूल्य ?
वि.सं.२०७८ मंसिर ८ बुधवार १४:२४ मा प्रकाशित






























