गरिबको झुप्रो ओत लाग्ने यो खरको कथा,
लेख्छु बगेको आँसु र भत्केको घरको कथा ।
निडर लेखि रहेकैछुँ जीवन भरि जसरि पनि,
बिना पानीका प्यासा सुकेका बगरको कथा ।
पैदल यात्रुकै लागि प्याउ बनेका पसिनाहरू,
बुढा पुराना ले लगाएका पिपल बरको कथा ।
बोकेर रित्तो झोला कामको तलाशमा हिंड्ने,
दुखि गरिब र उन्को अन्जान सफरको कथा ।
खान र लगाउनमा नै अपहेलित मान्छेहरूमै,
आफु माथि बित्ने आपबित्ति जहरको कथा ।
नियम बनाउँछन तोड्छन ति धनमानहरूले,
उनैको उपदेशमा गरिबहरूको डरको कथा ।
लेखि रहेकोछ यो सेतेले बिहान बेलुका पनि,
यस्तै बिवशतामै बित्ने जीवन निर्भरको कथा ।
सुरेशकुमार पान्डे।२०-११-२०२१,
वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:२८ मा प्रकाशित






























