back
CTIZAN AD

लघुकथा: सहरका देवता

वि.सं.२०७८ मंसिर ११ शनिवार

711 

shares

हातमा फूल, माला, अण्डा, नरिवल, तोरण, धूप, नैवेद्य, भेटी र जल लिएर म निकै लामो लाममा सहरको देवतालाई भेट्न लालायित भएर भीडमा उभिएको थिएँ । नजिकै डाँडा पाखा देखि सहरको देवताको आशीर्वाद लिन आएका भक्तालुहरू थिए । मेरो हातको पूजा सामग्री देखेपछि एक रूग्ण पालेले सोध्यो ।

‘हजुर पनि देवता दर्शन गर्न आएको ?

‘हो, इच्छाअनुसार आशीर्वाद लिन !’

उस्ले मलाई निकै चाकडी गर्याे । मेरो कालोचस्मा, टोपी, कोट, जुत्ता, घाँटीको टाई र कोट देखेपछि पाखेले फेरि सोध्यो ।

‘हजुर त सहरको देवता जस्तै देखिनुहुन्छ । मलाई लाममा अगाडि जान दिनुस न, हतार छ !’

मेैले पाखेहरूको दसा, दया, दुख र चेतना खुब पढेको थिएँ । मनमा करूणा पनि जागेर आयो । सम्झेँ ।

‘देवतालाई दर्शन गरेरै मात्रै के इच्छा पूरा होला र ? ठिकै छ जानुस न त !’

मेरो सद्भावमा कुनै छलछाम थिएन । दयाको भिक्षा माग्नेलाई क्षमा दिनु महापुरूषको आदर्श हो भन्ने लागेर उसलाई लामो लामबाट छिटोछिटो अगाडि जान छोडिदिएँ । उ निकै अगाडि पुगेर सहरको देवताको दर्शन गरेर निकै छिटो लाम बसिरहेको ठाउँमा आएर भन्यो ।

‘ओहो ! हजुर लाम बस्दाबस्दै थाक्नुभयो होला ! फूल प्रसाद र टीका यै लगाइदिन्छु ! देवताको दर्शनको ढोका अब त बन्द भयो ।’

मैले पाखे भनेर चिनेको त्यो भक्तालु निकै चलाख बनिसकेको झैं लाग्यो । त्यसैले चार घण्टादेखि हातमा पूजा सामग्री लिएर उभिएर टाढैबाट देवतालाई पुकारा गरेँ ।

बन्द भइसकेको मेरो सहरको देवतालाई सम्झेर पूजा सामग्री नजिकैको एउटा रातो दलेको ढुङ्गामा घोप्ट्याइदिएँ । सहरका मान्छेहरूले मलाई निकै चाख देखाएर सोधे ।

‘किन ? यहाँको देवताको दर्शन गर्न पाइनस् ?’

– चेतनाको मान्छे सहरको देवताछेउ फेरि पनि घुमिरहेको थियो । मैले सहरका मान्छेहरूलाई उत्तर दिएँ ।

‘सहरको टाई सुट र रातो ढुङ्गामा केही फरक रहेनछ !’

‘ओहो ! सहरको देवता किन ? निष्प्राण भए ?’

अर्काे दिन विहानको समय थियो । पीपलको बोटमा उभिएर पाखे खुब बर्बराउन थाल्यो ।

‘अबदेखि मै हो, सहरको देवता !’

सहरको मानिसमा आकस्मिक रूपमा स्वभाव परिवर्तन हुँदै गयो । उनीहरू सहरको देवताको अगाडि राखेको शेरदेखि आजित भएर खासखुस गर्न थाले !

‘गठेँचा वल !’

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:३२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...