काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।
शुक्रवारदेखि राजधानीको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवार नेताहरुको नाममा खसेको मत गणना जारी रहेको छ ।
बिहान ४ बजेदेखि सुरु भएको मतगणनामा हालसम्म ३७७९ मत गणना भइसकेको छ । जसमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १७९८ मत प्राप्त गरेर अग्रता कायम गरिरहेका छन् ।
त्यसैगरी सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १४३१ मत प्राप्त गरेका छन् भने प्रकाशमान सिंहले २८६ र विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेसको मत गणना जारीः १५०६ मत ल्याएर देउवा अगाडि, अन्य कसले कति ल्याए त ?
वि.सं.२०७८ मंसिर २८ मंगलवार ०८:३६ मा प्रकाशित






























