काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कर्मचारी मागेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कर्मचारी मागेको हो ।
मन्त्रालयले नेपाल पशु चिकित्सा परिषद्का लागि अध्यक्ष र सदस्य पदका लागि कर्मचारी माग गरेको हो । सूचना जारी भएको मितिले २१ दिन भित्र इच्छुक नेपाली नागरिकले विभिन्न आवश्यक कागजातसहित आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
आवेदन फारम मन्त्रालयको वेभसाइट www.moald.gov.np बाट डाउनलोड गर्न सकिने छ । अन्य जानकारीको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वोर्ड संस्थान डेक्समा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
यस्तो छ सूचना :

वि.सं.२०७८ पुस १२ सोमवार १३:४१ मा प्रकाशित






























