१
गहुँ बारी मासेका हेर
परम्परा नै तेस्तै थियोे झल्को दिने
भतेरमा ती हाँसेका हेर ।
२
दुना टपरीको चलन थियो
हतारहतार भात मुछिन्थ्यो तर चुहिने
मासु रसैरस खलन थियोे ।
३
डोकोभरि बहुतामा घीऊ छ
शुद्ध, पवित्र भएर ताउलामा पकाएको खाना
सबै मान्छे दुब्ला पातला जीऊ छ ।
४
यस्तै भोजले दिन्थे मजा
माछा मासु र भोज विरलै पाइन्थ्यो
खाने, पकाउने लिन्थे मजा ।
५
भोज भतेर बारीमा हुन्थ्यो
जहाँ पकाउने, टक्राउने सबै पुरुषले
सम्मान कति नारीमा हुन्थ्यो ।
लेखनाथ घिमिरे ‘संयोग’ कपिलवस्तु
वि.सं.२०७८ माघ २२ शनिवार ०५:०० मा प्रकाशित






























